सांसद शर्मा शुक्रबार नै थुनामुक्त भएका छन ।

  • साउन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौ / जिल्ला अदालत काठमाडौँले सांसद डा.सुनिल शर्मालाई थुनामा नराख्न आदेश दिएपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणी शर्माको इजलासले  शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न सीआइवीलाई आदेश दिएपछि उनलाई शुक्रबार नै रिहा गरिएको थियो । 

मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गतेको संसद वैठकमा सुन तस्करीको विषयलाई लिएर बोलेका थिए । उनले सुन तस्करीमा जो सुकै संलग्न भएपनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका थिए । उनले सुन तस्करीको मुख्य नाइकेहरु पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा समेत गरेका थिए ।

आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत उनले मागेका थिए । सदनमा यस्तो अभिव्यक्ति दिएको १५ दिनपछि बिहीबार अपरान्ह करिब ३ बजे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोलीले काठमाडौंको गोल्फुटार स्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।

मन्त्रीको राजीनामा मागेको भन्दै सांसद शर्मालाई पक्राउ गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ साथै प्रतिनिधि सभाको बैठकमा समेत त्यसो बिषय उढेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसद शर्माको पक्राउ प्रति आपत्ति जनायो थियो । एमाले सांसद ज्वालाकुमारी शाहले सुन तस्करीको बिषयमा बारम्बार – बार आवाज उठाइरहेका सांसद शर्मालाई सर्टिफिकेटको बहाना बनाएर कानून विपरित पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् ।

सीआइवीले डा.शर्माको आइएससी उत्तीर्णको प्रमाणपत्र नक्कली भएको आशङ्कामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको दावी गरेको थिए । सांसद शर्मालाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर उनलाई थुनामा नराखी अनुसन्धान गर्न भन्दै रिहा गर्न आदेश दिएपछि शर्मा शुक्रबार नै रिहा भएका हुन  । 

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved