सुउवासंघमा गोपाल र शिवराजको उमेद्धवारी ,यस्तो छ एजेण्डा(भिडियो हेर्नुहोस) गोपाल श्रेष्ठ प्यानलको महिला सदस्य निर्विरोध निर्वाचित

  • असार २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० गते हुने नयाँ पदाधिकारी चयनको लागि शनिबार उम्मेद्धवारी मनोनयन दर्ता भएको छ ।निर्वाचन समितिका अनुसार, संघको अध्यक्षका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले उम्मेद्धवारी दर्ता गराएका छन् ।

निर्वाचन समितीका प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माका अनुसार वाणिज्य तर्फ १५ जना ,उद्योग तर्फ ७ जना,एसोसिएट तर्फको सदस्यका लागि ५ जना ,वस्तुगत तर्फ ३ जना ,उद्योग तर्फ महिला सदस्यको पदको लागि भने मीना राई निर्विरोध भएकी छिन् ।निर्विरोध निर्वाचित भएकी राई गोपाल श्रेष्ठ प्यानलकी हुन् ।

वाणिज्य तर्फको महिला सदस्यको लागि भने २ जनाले उम्मेद्धवारी दर्ता गराएको बताइएको छ ।५ वजे सम्मको समय सीमा समय अनुसार जम्मा नयाँ नेतृत्वको लागि ३५ जनाले उम्मेद्धवारी दर्ता गराए ।अध्यक्ष पदका लागि यस पटक पनि प्रतिस्पर्धा चर्को हुने देखिएको छ। व्यवसायिक हित र संघको भविष्यदृष्टि कार्यक्रमलाई प्राथमिकतामा राखेर उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्।  

भिडियो हेर्नुहोस

यो वर्षको निर्वाचनमा व्यवसायीहरुको व्यापक चासो र सहभागिता देखिएको छ। संघका वर्तमान पदाधिकारीहरूको कार्यकाल समाप्त भइसकेको र नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले संघमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। निर्वाचन शान्तिपूर्ण र पारदर्शी रूपमा सम्पन्न गर्न निर्वाचन समितिले आवश्यक तयारी गरिरहेको जनाएको छ। मतदाता नामावली अनुसार धरान र वरपरका क्षेत्रका व्यवसायीहरू भोट हाल्नेछन्।निर्वाचनको परिणामले आगामी दिनमा संघको दिशा तय गर्ने भएकाले, व्यवसायी वर्ग बीचमा नयाँ नेतृत्व चयनप्रति विशेष उत्साह देखिएको छ

भिडियो हेर्नुहोस

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

बसको डिक्कीमा लुकाइए ...

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved