धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात हुने गरेको छ ।
नेपाली युवाहरुले काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा एक महिनामै निर्यात हुन थालेको छ भने यस्को माग अत्यधिक हुन थालेको बताइएको छ ।
ललितपुरस्थित चापागाउँमा ३ वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले हालै मात्र अमेरिकामा निर्यात सुरु गरेको छुर्पीले उल्लेखनीय माग उत्पन्न गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईँका अनुसार अमेरिकामा एमेजनमार्फत ५,१०० प्याकेज छुर्पी पहिलो चरणमा बिक्री गरिएको हो । ग्राहकको सकारात्मक प्रतिक्रियासँगै माग एक महिनामै तीनगुना बढेको उनले जानकारी दिए ।
ब्रान्डिङ, प्याकेजिङ र रणनीतिले सफलता
‘याला हिमालयल’ ब्रान्डको सुरुवाती मोडललाई परिमार्जन गर्दै कम्पनीले नयाँ नाम ‘याला हिमालयन डग चियु’ अन्तर्गत प्याकेजिङ र खुद्रा बिक्री सुरु गरेको हो । उपभोक्तालाई आकर्षित गर्न कम्पनीले एक किन्दा एक निशुल्क अफरसमेत ल्याएको छ । अमेरिकी बजारमा यो छुर्पी तीन फरक प्रकारमा क्रमशः ९, १२ र १३ अमेरिकी डलर मूल्यमा बिक्री भइरहेको छ ।
अमेरिकी बजारमा उत्साहजनक सुरुवातपछि कम्पनीले आगामी ६ महिनाभित्र क्यानाडा र जापान जस्ता विकसित मुलुकका बजारमा समेत आफ्नो उत्पादन पु¥याउने योजना बनाएको छ । कम्पनीका निर्देशक विश्वबन्धु शर्माका अनुसार,‘यो केवल सुरुवात हो, हामी नेपालका मौलिक उत्पादनलाई विश्वस्तरमा स्थापित गर्ने उद्देश्यले अघि बढिरहेका छौं ।’
याला हिमालयन ग्रुप अन्तर्गतको प्रमुख ब्रान्ड “याला हिमालयन डग चियु” हाल अमेरिकी बजारमा खुद्रा विक्रेताहरु र अनलाइन मार्केटप्लेसहरू उपलव्ध भइसकेको छ।याला हिमालयन नेपालको पहिलो कम्पनी हौं जसले किसानहरूसँग सिधा सहकार्य गर्दै गाउँघरमा उत्पादन भएको दूध खरिद गर्छ, त्यसलाई यस याला हिमालयनको अत्याधुनिक उत्पादन केन्द्रमा प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा आफ्नै ब्रान्ड अन्तर्गत निर्यात गछ
यस याला हिमालयनको उद्देश्य केवल व्यवसायिक सफलता नभई, स्थानीय किसानको जीवनस्तर उकास्ने, दिगो उत्पादन प्रणालीलाई प्रवद्र्धन गर्ने, र नेपालको मौलिक उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने हो।
‘याला हिमालयन डग चियु’ को सफलतामा किसानसँगको प्रत्यक्ष सहकार्यमा आधारित आपूर्ति प्रणालीको महत्वपूर्ण भूमिका रहेको छ । कम्पनीले देशका ८ वटा स्थानीय उत्पादन संस्थासँग सम्झौता गरी ग्रामीण स्तरमा किसानहरूसँग मिलेर छुर्पी उत्पादन र संकलन गरिरहेको छ । यसले ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु–याउनुका साथै नेपाली मौलिकता संरक्षणमा समेत टेवा पु¥याएको कम्पनीको दाबी छ ।
याला हिमालयन डग च्यÞुको उत्पादन कार्य अहिले ललितपुरको चापागाउँमा अवस्थित अत्याधुनिक उत्पादन केन्द्र बाट सञ्चालन हुँदै आएको छ। यो सुविधा विस्तृत भू–क्षेत्रफलमा फैलिएको छ, जहाँ यस याला हिमालय ले कच्चा दूधबाट सुरु गरेर तयार छुरुपी (म्यन ऋजभध) उत्पादन गर्ने १०–१२ चरणको सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा क्ष्ल–ज्यगकभ रूपमा गर्दै आएका छ
यस याला हिमालयन हो जसले आफैं उत्पादन गर्छ, प्याक गर्छ र निर्यात गर्छ।हाल यस याला हिमालयन फ्याक्ट्रीमा ३०–४० जना दक्ष जनशक्ति निरन्तर क्ष्ल ७ इगत द्यबकष्क मा कार्यरत छन्, जसले उत्पादन, गुणस्तर नियन्त्रण, प्याकेजिङ्ग, व्यवस्थापन र ढुवानीसम्मका सम्पूर्ण प्रक्रिया सम्हालिरहेका छन्।
यस याला हिमालयनको लक्ष्य भनेको स्थानीय जनशक्तिलाई रोजगारी सिर्जना गर्नुका साथै नेपालमै विश्वस्तरीय उत्पादन प्रक्रिया स्थापित गर्ने हो।हालको बजार विश्लेषण अनुसार सन् २०३५ सम्म ‘डग चियु’को मागमा वार्षिक ८ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ । विशेषज्ञहरूको भनाइमा, यदि कम्पनीले अहिलेको गुणस्तर, वितरण र ब्रान्डिङलाई निरन्तरता दिन सकेमा ‘ याला हिमालयन डग चियु’ जस्ता उत्पादनले विश्वव्यापी रूपमा नेपाली पहिचान बलियो बनाउनेछन् ।
कृषि, पशुपालन र निर्यात क्षेत्रलाई समायोजन गरेर सञ्चालन गरिएको यो परियोजना नेपालमा नयाँ सम्भावनाको ढोका खोल्ने नमूना योजनाका रूपमा स्थापित भइरहेको छ । नेपाली किसानको परिश्रम, युवाको सोच र प्रविधिको संयोजनले उत्पादित छुर्पी आज विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनेको छ ।
‘ याला हिमालयन डग चियु’ को सफलताले नेपाली उत्पादन, विशेषतः ग्रामीण स्रोत र सीपमा आधारित वस्तु, अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ भन्ने विश्वास समेत दिलाएको छ