बसको डिक्कीमा लुकाइएको ३७१ बोतल भारतीय रक्सी बरामद

  • असार २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीको नियमित चेकजाँचको क्रममा ठूलो मात्रामा अवैध भारतीय मदिरा बरामद गरिएको छ।

बिहीबार राति करिब ८:३० बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा तर्फ गइरहेको GAA 0188 नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको साइड डिक्कीमा लुकाई छिपाई ल्याइएको ३५९ बोतल Old Monk Deluxe Rum (७५० एमएल) र १२ बोतल Royal Stag (७५० एमएल) फेला पारेको हो।

मदिरासहित प्रहरीले जिल्ला कास्कीको पार्चे गाउँपालिका–१ निवासी ४५ वर्षीय खगेन्द्र सिंह गुरुङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा ती मदिरा निजकै रहेको खुलेको प्रहरीले जनाएको छ।

बरामद गरिएको मदिरा र पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत आन्तरिक राजस्व कार्यालय, ईटहरी पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

धरानका सहित ३ जना ला ...

धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सु ...

धरान हुँदै नडाहातर्फ ...

सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved