टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जिते

  • साउन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जिते छन् ।  विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा विराटनगरका १६ वटा निजी विद्यालयबाट १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएका थिए ।

ओपन जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिजकी आर्नवी भट्टराईले सोही स्कुलकी विज्ञता थापालाई ११–७, ११–५ र ११–६ सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । सेन्टमेरिजकी मनिमा दाहाल र मानसी सेठिया तृतिय भएकाख थिए । प्रतियोगिताको विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेष्ट, बुढानिलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी हुँदै उपाधि जितका हुन् ।

ओपन जुनियर ब्वाइज सिंगलतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहताले बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठलाई १२–१०, ११–८, ९–११ र ११–८ ले स्कोरले पराजित गर्दै उपाधि जितेका हुन । लिलिपुटका श्रीजल प्याकुरेल र लिलिपुटकै पृथकराज राई तृतीय भएका छन ।तयसैगरि क्याडेट गल्र्स सिंगलतर्फ बुढानिलकण्ठ स्कुलकी मानसी तामाङले अरनिकोकी सुवेक्षा कर्णलाई ११–५ र ११–५ सेटमा हराउँदै उपाधि हात हात पारेकी हुन भने पिटर प्यान स्कुलकी प्रेशिका न्यौपाने र इशिका अग्रवाल तृतिय भए ।

क्याडेट ब्वाइज सिंगलतर्फ अरनिको स्कुलका आयुद्ध भण्डारीले एभरेष्ट स्कुलका रेहन यादवलाई ११–८ र ११–९ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते थिए । सगरमाथा स्कुलका जीवन पण्डित र बुढानिलकण्ठका आयन श्रेष्ठ तृतीय भए ।

गल्र्स सिंगलतर्फ एभरेष्टकी कृपा पोखरेलले श्री श्री रविशंकरकी स्वाती साहलाई ११–६, ९–११, ११–९ र ११–९ स्कोरले हराउँदै उपाधि जितिन् । श्री श्री रविशंकरकी सिम्रन सुवेदी र सेन्टमेरिजकी स्वर्णीमा बुढाथोकी तृतीय भएका थिए ।

त्यसैगरि ब्वाइज सिंगलतर्फ लिलिपुटका श्रीजल प्याकुरेलले बुढानिलकण्ठका रिजन पाण्डेलाई ११–७, ६–११, ११–७ र ११–३ स्कोरले हराउँदै उपाधि हात पारेका थिए । सगरमाथाका अभिषेक मुखिया र श्री श्री रविशंकर सक्षम बस्नेत तृतीय भए । प्रतियोगिताका विजेता तथा उपविजेता सम्पुर्ण खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

पवकोशी प्रदेशसभाका सदस्य केदार कार्की, टेबलटेनिस संघका केन्द्रीय सदस्य अनुज बानियाँ, आयोजक क्लबका अध्यक्ष बिकेन थापालगायतले पुरस्कार प्रदान गरे ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved