धरानमा सर्च एण्ड डिस्ट्रो अभियानमा सबै पक्षको साथ

  • साउन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्नु पूर्व आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख,

नेपाली सेना, धरान उपमहानगरपालिका, २० वटै वडाका वडाध्यक्षहरु, टोलविकास समितिका सदस्यहरुले एकै पटक आइतबार सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरेका छन् ।

जनस्तरबाटै सचेतना जगाउदै यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने उद्देश्य अनुरुप सबैको उपस्थिति रहेको हो ।

धरानमा अहिले डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ ।

यसैलाई मध्यनजर गरी धरानलाई ‘जनस्वास्थ्यको आपत्तकालीन अवस्था’ घोषणको तयारी भइरहेको बेला आइतबार धरान उपमहानगरपालकाको सर्कुलर अनुसार प्र्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकाल, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना,

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्र वेघा, २० वटै वडाध्यक्ष, वडा सदस्य र टोल विकास समितिले धरान १५ बाट लार्भाको बासस्स्थान खोजी गरी नष्ट गर्ने अभियान अन्तर्गत सर्च एण्ड ड्रिस्ट्रोय अभियान शुरु गरेको हो ।

गत साउन १७ गते समेत २० वटै वडाबाट गरिएको सर्ज एण्ड ड्रिस्ट्रोय केही प्रभावकारी भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट २८ गते आइतबार लार्भा खोजेर नष्ट गर्ने निर्णय गरेपछि आइतबार पपनिसर्च एण्ड डिस्ट्रोय अभियान निरन्तरता दिएका हुन् ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ७७ जिल्लामध्ये ७१ जिल्लामा डंगु संक्रमण पाइएको बताउदै त्यसमा पनि सुनसरीको धरान उपमहानगरपालिका डेंगु संक्रमणको जोखिम क्षेत्रभित्र पर्ने बताइन् ।

उनले साउनको १९ गतेका बसेको सर्वपक्षीय वैठकको निर्णय र साउन २१ ग्ते बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले धरान उपमहानगरपालिकालाई डेगु संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ घोषणा गर्न गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशलाई सिफारिस गरेर पठाइसकिएको बताइन् ।

एक स्थानलाईमात्र स्वास्थ्य संकट क्षेत्र गर्न कार्यविधि अनुसार उपमहानगरपालिका आफैले घोषणा गर्न सक्ने बताउदै घोषणा गरिसकेपछि स्वास्थ्य उपचारका लागि चाहने सम्पूर्ण कुराहरुमा सबको साथ र सहयोग हुने उनले बताइन् ।

लार्भाबाट १० दिनभित्रमा लामखुट्टेको रुपमा आउने स्वास्थ्यकर्मीहरु बताउँछन् । यो लामखुट्टेको आयु एक महिनाको हुन्छ । १० दिनको अवधिभित्र नै यसलाई नष्ट गर्ने हो भने डेंगु संक्रमण नियन्त्रण हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईले बताए ।

धरानमा डेंगु संक्रमण बढेपछि साउन १५ गतेदेखि धरान ८ सभागृहमा परीक्षणसहित उपचार गर्दै आएको छ । यस्तै धरान १ छाताचौकमा रहेको पुरानो अस्पतालमा चिकित्सकसँग सिविसी चेकजाचको ल्याब र उपचारका लागि वेड राखिएको छ ।

यसबाहेक धरान १३ र धरान १४ ले पनि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ भने सुनसरी उद्योग वाणिज्य संघमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एचडिसी प्रोगाम तथा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सन्जिप शर्माको टोलीबाट निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिदै आएको छ ।

तर पनि डेंगु संक्रमण घटेको छैन ।

सरकारी स्तरबाट पर्याप्त काम भए पनि जनस्तरबाट सोचेजस्तो काम नभएका कारण डेंगु संक्रमण भयावह रुपमा फैलिएको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बताए ।

उहाँले सर्वसाधारण आफै सचेत भए प्रहरी प्रशासन, सरकारको मुख ताक्नुनपने बताउनुभयो ।

उहाँले टायरमा जम्मा भएको पानी, विर्को नलगाई जम्मा गरेको पानीको भाडा, काटेको बासका टोकरी लगायतमा लामखुट्टेको लार्भा पाइने भएकोले यस्ता ठाउँमा सातामा दुई पटक पानी जम्न नदिएमात्रै डेंगु नियन्त्रण हुने बताए । उनले जनस्तरबाटै लार्भाको वासस्थान नष्ट गर्न सकेमात्र डेंगु संक्रमण नियन्त्रणमा आउने बताए ।

धरानमा मात्र अहिलेसम्म डेंगु संक्रमणकै कारण १० जनाको मृत्यु भइसकेको छ ।

अहिलेको अवस्थामा धरानमा १ सय जनालाई चेक गर्दा ७१ जनामा डेंगु संक्रमण भएको पाइएको छ ।

अर्थात धरानमा अहिले ७१ प्रतिशतको रेसियोमा डेंगु संक्रमण भएको पाइएको छ । धरानमा १० हजार भन्दा बढी डेंगु संक्रमणका रोगीहरु रहेका छन् ।

जरा केन्द्रीत अभियान ...

विराटनगर/ टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिच ...

वराहक्षेत्रमा महिलाह ...

वराहक्षेत्र/  नेपाली मौलिकता बोकेको नौमति पञ् ...

नेवाः देय दवू सुनसरी ...

धरान/  नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार ...

स्तन क्यान्सरमा चेकज ...

धरान/ अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved