नोबेलको न्यूरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइदै

  • साउन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर रहेको नोबेल शिक्षण अस्पतालले मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट सुचारु गर्ने भएको छ । बिरामीलाई सहज सुविदा पुराउने उदेश्यले अत्याधुनिक प्रविधिबाट उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ ।

यस प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, नसा जाने भाग साँगुरिएका र हड्डी खिइएको जस्ता मेरुदण्ड सम्बन्धीको विभिन्न रोगहरुको शल्यक्रिया दूरबिनको माध्यमबाट गर्ने भएको छ । यसका लागि आवश्यक समन्वय र सहकार्य गर्न नोबेल अस्पतालले दक्षिण कोरियामा रहेको डेजियन युरी अस्पताल सँग सम्झौता गरेको छ ।

दक्षिण कोरिया पुगेर नोबेल अस्पतालका उप –निर्देशक तथा न्यूरो विभाग प्रमुख बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले सम्झौता गरेका बताएका छन । सम्झौता पत्रमा नोबेलको अस्पतालको तर्फबाट डा.काफ्ले र युरी अस्पतालको तर्फबाट अध्यक्ष चिओल वुङ पार्कले हस्ताक्षर गरि सम्झौता गरेका छन ।

Nobel-Hospital-11pp

उक्त सम्झौता अनुसार अब युरी अस्पतालका बरिष्ठ चिकित्सकहरूले नोबेल अस्पतालका चिकित्सकहरूलाई ‘इण्डोस्कोपि स्पाइन सर्जरी’ सम्बन्धी विश्वकै नयाँ प्रविधिको प्रयोगका विषयमा सहजिकरण गर्नेभएका छन । त्यसैगरी दुवै अस्पतालका चिकित्सक बीच अनुभव आदानप्रदान गर्ने गरी सम्झौता भएको नोबेल अस्पतालका महा –निर्देशक दिपेश राईले जानकारी दिए ।

दूरबिनको माध्यमबाट गरिने मेरुदण्डको शल्यक्रियाका लागि कोरियाको युरी अस्पताल विश्वकै प्रसिद्ध अस्पताल रहेको मानिन्छ। नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड लगायत देशबाट पनि उक्त अस्पतालमा नयाँ प्रविधिको अनुभव हासिल गर्न चिकित्सकहरू जाने गरेका छन् । सोही अस्पताल सँग सहकार्य गरेर नोबेलले मेरुदण्ड सम्बन्धी शल्यक्रियामा नयाँ प्रविधिको प्रयोग गर्न लागेको हो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved