संखुवासभा कारागार प्रकरण पीडितले बुझे ६ दिनपछि शव

  • साउन २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

संखुवासभा/  संखुवासभा कारागारभित्र कैदीको हत्या प्रकरणको छानविन क्रमिक रुपमा अगाडि बढाइएको छ ।

अनुसन्धानकै क्रममा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी आइतबार नै पक्राउ गरिएको छ ।

उनलाई पक्राउ गरी पाँच दिनसम्म हिरातमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

पीडितले चौधरी विरुद्ध किटानी जाहेरी दिएका थिए ।

सोही आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो ।

कुटपिटबाटसंखुवासभा मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार निमित्त प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध पीडितले जाहेरी दिएका थिए ।

जाहेरी परेपछि प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरे र चौधरी विरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले सखुवासभाले उनीहरुमध्ये चौधरीलाई पक्रलाउ गरे पनि घिरमेलाई भने अझै पक्राउ गरेको छैन ।

यता पीडितहरुले ६ दिनपछिमात्र मृतकको शव बुझेका छन् । शवको पोष्टमार्टमपश्चात कारागार निमित्त प्रमुख घिमिरे र असई चौधकरीको नाम सार्वजनिक गरेपछि पीडितले शव बुझेका हुन् ।

पीडित पक्षले शव हेर्दा रडले कुटपिट गरेको, शरीरभर निलडाम भएको, हत्या भएको आधार देखिएपछि कारागार प्रमुख र कारागारका सुरक्षाकर्मीविरूद्ध मृतकका आफन्तले जाहेरी दिएका थिए ।

घटनालगत्तै गृह मन्त्रालयले साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved