कालोमोसाे दल्ने चेतावनि आएपछि मुख्यमन्त्रीको कार्यक्रम स्थगित

  • साउन २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको धरानमा सोमबार हुने भनिएको मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको कार्यक्रम स्थगित भएको छ ।

धरानमा अत्याधिक रुपले फैलिएको डेंङगु माहामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सर्वदलीय तथा सर्वपक्षीय छलफल गर्नका लागी कोशि प्रदेशका मुख्य मन्त्री थापा र स्वास्थ मन्त्री लिम्बु  आउने कार्यक्रम तय भए पनि पहिचानवादिले कालोमोसो दल्ने चेतावानि दिएपछि उक्त सर्वदलीय छलफल कार्यक्रम स्थगित भएको रेडक्रसका शाखा अधिकृत किरण कार्कीले बताएका छन ।

उक्त छलफलका लागि निर्धारण गरिएको ११ बजेको समयमा कोशी प्रदेश खारेज संर्घष समितिका प्रतिनिधिहरुले कार्यक्रम स्थल पुगेर चेतावानि दिएपछि सो कार्यक्रम पहिचानवादिका कारण हुन नसकेको कार्कीले जानकारी दिएका छन् ।

पहिचानवादि संर्घष समितिका प्रतिनिधिले कार्यक्रम बहिष्कार र कालोमोसाे दल्ने बताउनुको साथै उनले कोशी प्रदेश सभाका ८२ जना सांसदलाई सार्वजनिक कार्यक्रमा विरोध तथा बहिष्कार गर्ने बताएका छन । संर्घष समितिका प्रतिनिधिहरुले कोशि प्रदेश नाम खारेज गरि नयाँ नामकरण हुनुपर्ने माग राख्दै आएका छन ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved