राजीनामाको जिकिर गर्दै : सांसद शर्मा

  • साउन २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं / सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याएका हुन् । उनले विनासर्त गृहमन्त्रीले राजिनामा दिनु पर्ने जिकिर गरेका छन ।

केहि समय अगाडि भएको सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनी समेत दिएका छन् ।

सुन तस्करी प्रकरणको विरुद आवाज उढाउदा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा आफूलाई आतङ्ककारी शैलीमा गिरफ्तार गरिएको भन्दै शर्माले आक्रोस व्यक्त गरेका छन ।

सरकारले नै आतङ्ककारी शैली देखाएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीले आतङ्ककारी सरकारको नेतृत्व गरेको की लोकतान्त्रिक सरकारको नेतृत्व गरेको भन्दै प्रश्न समेत गरेका छन ।

‘म एउटा सांसद हो, विना पक्राउ पुर्जी मलाई आतङ्ककारी शैलीमा पक्राउ गरेर थुनियो,’ गिरफ्तारको घटना विवरण सुनाउँदै सांसद शर्माले भने, ‘सुन तस्करीको विरोध गर्दा आतङ्ककारी शैलीमा पक्राउ गराउँने गृहमन्त्रीले बिनासर्त राजीनामा दिनैपर्छ, मेरो यो अडान रहिरहन्छ,राजिनामा नदिए सम्म आफु अनशन बस्ने अडान गरे ।

शर्माले आफूलाई पक्राउ गरेर प्रहरीले हातपात समेत गरेको उनले सदनमा खुलासा गरेका छन । यस घटनामा प्रधानमन्त्रीले पनि माफी माग्नुपर्ने उनको माग रहेको छ ।

प्रजातन्त्रमा बोल्न पाउने अधिकारको हनन भएको भन्दै उनले सरकारलाई कुनै किसिमको मनपरी गर्ने छुट नभएको तर्क गरेका छन । आफूमाथि अन्याय हुँदा धेरैले आफ्नो पक्षमा बोलेर सहयोग गरेको भन्दै उनले अप्ठयारो पर्दा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved