लागुऔषध सहित ५ जना पक्राउ

  • साउन ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / बिराटनगर महानगरपालिका वडा नम्बर – १६ स्थीत छुट्टा –छुट्टै  ३ स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट चेकजाँचमा खटिएका प्रहरी टोलीले सोमबार दिउँसो प्रदेश १ –०१– ०१४ प.९८४५ नम्बरको स्कुटरमा भारत बाट नेपाल तर्फ लुकाई ल्याउदै गरेका बेलवारी नगरपालिका वडा नम्बर ४ का २४ बर्षीय संजिव राईलाई २८० मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

यसैगरी प्रदेश १–०२– ०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा धरान– १५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान– ८ का ३१ बर्षीय रबिचन्द्र राईको साथबाट १ ग्राम ५८ मिलिग्राम लागुऔषध ब्राउनसुगर लुकाएर ल्याउदै गर्दा प्रहरीले पक्राउ गरेको छ।

सोहि स्थानबाट को. १ ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पो चालक गढी गाँउपालिका वडा नम्बर – ८ उदयपुरका २५ बर्षीय ईन्द्र बहादुर तामाङ र टेम्पोमा सवार रहेका नुवाकोटका २४ बर्षीय सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved