आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

  • श्रावण ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/  झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो ।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिए ।

आव २०७८/७९ मा १७ हजार छ सय ६५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ल्याब सेवा, फिजियो थेरापी, उपचारात्मक योग सेवा, जलौका [लिच थेरापी}, पञ्चकर्म(पूर्वकर्म लगायतका सेवा उपलब्ध छ ।

यहाँ ग्याष्ट्रिक, बाथ, उच्च रक्तचाप, मधुमेह, पायल्स, फिस्टुला, फिसर लगायतका बिरामी आउने गरेका छन् । चेकजाँच पछि उनीहरुलाई निःशुल्क औषधि उपलब्ध गराइन्छ ।

कविराज अर्याल केन्द्रमार्फत यहाँका विद्यालयमा आयुर्वेद तथा योग शिक्षासमेत प्रदान गर्ने गरिएको बताउछन् ।

झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा हल्दिबारी र भद्रपुरका तीन सय ५८ स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ जडीबुटीजन्य औषधि वितरण गरिएको थियो ।

आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालय प्रमुख डा यादवले बताए ।

सात जनाको स्थायी दरबन्दी भए पनि तीन जनाको दरबन्दी रिक्त छ ।

हाल केन्द्रमा स्थायी र करारका गरी १३ कर्मचारीले सेवा दिइरहेका छन् ।

झापामा सरकारीस्तरमा आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एउटा तथा सात आयुर्वेद औषधालय रहेको खबर राससले प्रकाशित गरेको छ। ।

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्यक २५ औ वार्षिक उ ...

धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय ध ...

मुख्यमन्त्रीमा एमाले ...

मोरंग/कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संस ...

श्रीलंका टप्पुमा माव ...

वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved