दोस्रो धरान मेघा-रेवाहाङ स्मृति कप बास्केटबल प्रतियोगिताकाे तयारी पूरा

  • भदौ २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी पूरा भएको छ ।

प्रतियोगिताका सबै खेल यही भदौ २५ देखि ३० गतेसम्म मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सञ्चालन हुने आयोजकले जानकारी दिएको हो ।

आयोजक पक्षले धरान मेघा हिमालयन कलेजको सभाकक्षमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।

प्रतियोगितामा धरान र यसवरपरका विद्यालयका १६ वटा टिम सहभागी हुने भएका छन् ।

कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने प्रतियोगिताका विजेताले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी मोस्ट भ्यालुएबल प्लेयर (उत्कृष्ट खेलाडी) ले नगद २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट स्कोररले समेत नगद २ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, उदीयमान खेलाडीलाई पनि हौसलाका लागि ट्रफी र प्रमाणपत्र प्रदान गरिने धरान बास्केटबल सङ्घका सचिव एवम् बास्केटबल प्रशिक्षक विकास राईले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेलअघि थ्री प्वाइन्ट कम्पिटिसनसमेत हुनेछ ।

पहिलो चरणमा यस कम्पिटिसनमा सहभागी खेलाडीले एक मिनेटमा थ्री प्वाइन्ट सट गर्नेछन् ।

फाइनल चरणमा छनोट भएका तीन खेलाडीमध्ये एक मिनेटमा बढी प्वाइन्ट बास्केट गर्नेलाई प्वाइन्ट च्याम्पियन घोषणा गरिनेछ ।

थ्री प्वाइन्ट च्याम्पियनले पनि नगद पुरस्कार २ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

धरानका उदीयमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता सुरु गरिएको हो ।

धरान–१८ निवासी रेवाहाङको निधन १६ वर्षको उमेरमा २०७७ माघ २० गते भएको थियो ।

कक्षा १० मा अध्ययनरत् रेवाहाङको असामयिक निधनपछि उनको स्मृति र सम्मानमा अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल सङ्घसँगको सहकार्यमा गत वर्ष अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजना गर्न थालेका हुन् ।

अक्षयकोष दुई लाख रुपैयाँको रहेको मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।

बास्केटबलसँगै अन्य खेलको विकासका लागि आपूmहरू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष लिम्बूले भने, ‘पठनपाठनसँगै रुचि र क्षमताअनुसार विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने गरेका छौँ ।’

पत्रकार सम्मेलनमा रेवाहाङका पिता रेवतिरमण र सुजाता पनि उपस्थित थिए ।

सो अवसरमा रेवतिरमणले अक्षयकोषलाई बढाउन सक्दो प्रयास गर्ने बताए । उनले यसका लागि आफन्तजनसँगै स्थानीय र प्रदेश सरकारलाई पनि आग्रह गरिने जनाए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved