ओमसाई पाथीभराको सेवा विस्तार

  • भदौ २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

भद्रपुर/ झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले गुणस्तरीय स्वास्थ्यका लागि थप सेवा बिस्तारको तयारी गरेको छ ।

अस्पतालले आगामी असोज १ गतेबाट १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्ड थप गर्ने तयारी गरेको अस्पतालका सञ्चालक दिपक पोखरेलले जानकारी दिए ।

अस्पतालले कन्सल्टेन्ट चिकित्सकको समेत सेवा शुरु गर्न लागेको छ ।

साबिक मेची अञ्चलमै पहिलो पटक अस्पतालमा कन्सल्टेन्ट नवजात शिशु रोग विशेषज्ञ डा. कुन्दनकुमार यादव र कन्सलटेन्ट डा. श्रवणकुमार राउतको दैनिक सेवा शुरु हुन लागेको जनाइएको छ ।

डा. राउत कन्सल्टेन्ट फिजिसियन हुन् । उनी भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट आउन लागेका हुन् ।

एम्स अस्पतालबाट पाइने गुणस्तरीय स्वास्थ्य सेवा अब ओमसाई पाथीभरा अस्पतालबाटै पाइने बताइएको छ ।

दम, खोकी, मुटु, प्रेसर, जण्डिस, सुगर, थाइराइट, उच्च रक्तचाप, मृगौला, कलेजो, ग्याष्ट्रिक लगायतका विरामीले अब ओम साई पाथीभरा अस्पतालबाटै गुणस्तरीय उपचार सेवा पाउने भएका छन् ।

त्यस्तै कन्सल्टेन्ट नवजात शिशु रोग विशेषज्ञ डा. यादव मार्फत शिशुको तौल कम भएको, श्वासप्रश्वासमा समस्या भएको, जन्मैदेखि मुटुमा समस्या भएको लगायतका समस्यामा गुणस्तरीय उपचार सेवा पाइने बताइएको छ ।

उक्त दुवै चिकित्सकको सेवामा स्वास्थ्य बीमा पनि लागू हुने बताइएको छ ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved