धरानमा पोलेको मकैको व्यवसाय फस्टाउदै स्नेहा श्रेष्ठ

  • भदौ २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / पोलेको मकै बेचेर जिविकोपार्जन गर्ने महिलाहरुको संख्या धरानमा बढ्दै गएको छ । पोलेको मकै बेचेर घर परिवार चलाउन सहज बन्दै गएको छ । करबि २० बर्ष अघि देखि धरान २ रत्न रोडमा मकै पोलेर बेच्ने गर्दै आएकी निर्मला न्यौपाने सामान्य लगानीमा व्यापार गर्न सकिने भएकाले आम्दानी पनि राम्रै हुने गरेको बताउँछिन् ।

धरान १४ निवासी न्यौपाने बिहानै देखि सडकको किनारमा तगारीमा मकै पोलेर जिविकोपार्जन गर्दै आएको बताउँछिन् । उनि भन्छिन, ‘सायद धरानमा सबै भन्दा पहिले मकै पोलेर बेच्ने म नै होला, त्यो बेला अलि समस्याहरु हुन्थियो, अहिले सहज छ ।’ उनले आफ्नै बारीमा फलेको मकै पोलेर बेचेर व्यवसाय शुरु गरेकी हुन् ।

अहिले मकै खेती धरानमा हुन छाडे पछि पोलेको व्यापार बढ्दै गएको छ । उनी भन्छिन्, ‘त्यसबेलाको समयमा धरानमा पनि मकै खेति हुने गथ्र्यो, त्यस कारण मकैको ब्यापार कम हुन्थ्यो, तर पनि उनले निरन्तर घाम, पानि झरी नभनि मकै पोलेर बेच्ने गरे, पछिल्लो २÷३ बर्ष देखि मकै खाने ग्राहकहरु समेत बढन थालेका छन् ।’

अहिले ब्यापारबाट राम्रो नाफा हुन थालेको बताउछिन । धरान शहरको रुपमा बिकास हुन थाले पछि विस्तारै मकै खेति कम हुदै गएको उनको भनाई छ । मकै खेति हुने बारीमा घर बने पछि पोलेको मकै ब्यापार बढन थालेको उनी बताउँछिन् ।


त्यसैगरी धरान १५ स्थीत पिण्डेश्वरी चौकमा विगत २० बर्षदेखि मकै पोलेर व्यापार गरिरहेकी बालकुमारी सुवेदी पनि विना लगानि व्यवासाय गर्न सजिलो भएकाले पोलेको मकै बेच्न सुरु गरेको बताउँछिन । मकै लिन जान बस चढेर जाँदा भाडा लाग्ने, मकै पोल्ने दाउरा बर्खा याममा नबल्दा केही कठिन हुने तथा दिनभरी सडकको कुनामा बसेर व्यापार गर्दा धुलो र धुवाले स्वास्थयमा असर गर्न गरेको उनको अनुभव छ ।


मकै पोलेर बेच्नेको संख्या बढ्दै गएकाले व्यापार पनि केही कम हुँदै गएको उनको भनाई छ । उनी भन्छिन्, ‘पहिले मकै बेच्ने धरानका केहि चोकमा मात्रै भेटिन्थे, अहिले विना लगानिको व्यापार भएकाले धेरैले यो व्यवसाय अपनाउदा आफनो व्यापार कम हुन थालेको छ ।’ पहिले दिनमा लगभग २ सय घोगा मकै वेच्ने गरे पनि अहिले भने दिनमा ५० घोगा मात्रै बिक्रि हुने गरेको उनले बताईन ।

व्यापार गरेर श्रीमानलाई घर खर्च टार्ने मद्दत गर्छिन । यतिकै बस्नु भन्दा व्यापार गर्याे भने घरको सागसब्जी र तेल मसाला खाने खर्च टर्ने भएकाले यो व्यवसाय अपनाएको उनी बताउँछिन ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved