दुहवीमा आवास योजनाका ८० घरहरु बितरण

  • भदौ २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

दुहवी/ सुनसरीको दुहवी नगरपालिकाले सुकुम्बासी घरधुरीहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी आवास योजनाका ८० घरहरु वितरण गरेको छ ।

नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गर्ने भुमिहिन, दलित, सुकुम्बासी र अब्यवस्थित बसोबास गर्नेहरुलाइ ब्यवस्थित र सुरक्षित बसोबासका लागि अति विपन्न सुकुम्बासी परीवारहरुलाई नगर प्रमुख वेदनारायण गच्छदारले ८० घर वितरण गरेका हुन् ।

नगरपालिकाको बार्षिक बिनियोजित बजेट मार्फत वडा नम्बर ११ मा करिब दुई बिगाह क्षेत्रफलमा तिन बर्ष अगाडि देखी निर्माण सुरु गरेको आवास निर्माण कार्य सम्पन्न गरी नगर प्रमुख गच्छदारले प्रमाण पत्र सहित घरको साचो हस्ताणतरण गरेका छन् ।

सुकुम्बासीका लागी निर्माण गरिएका घरहरुमा बेडरुम, किचन, सौचालय, स्नानगृह, बिद्युत, चौबिसै घन्टा खानेपानी, प्लेग्राउण्ड सहितको नगर अवास निर्माण गरी हस्ताणतरण गरीएको छ ।

अगामी चरणमा नगर अवास भित्र प्रारम्भिक बालशिक्षालय, सामुदायिक भवन, ग्रोसरि, स्वास्थ्य क्लिनिक सुबिधा सहितको आधुनिक आवास निर्माणको चरणमा रहेको नगर प्रमुख गच्छदारले बताए ।

नगर प्रमुख गच्छादारले भने, ‘सुकुम्बासी समस्या मुलुककै समस्या हो, तर नगरपालिकाले आफ्ना नागरिकलाइ केहि सुबिधा प्रदान गर्न सकिन्छ कि समस्याग्रसित सुकुम्बासीलाइ स्थायी बासस्थान दिएर मुहारमा खुसि भर्न सकिन्छ भनेर नगर प्रमुख आवास योजना कार्यक्रम अभियान सन्चालन गरेको हो ।’

नगर प्रमुख गच्छदारका अनुसार केही महिना अघी दुहवीका १२ वटै वडाबासीहरुबाट निवेदन माग गरी छनोट प्रकृया मार्फत अति विपन्नमा रहेका परीवारहरुलाई नामावलि संकलन गरि घर वितरण गरिएको हो ।

नगरप्रमुख गच्छदारले नगर अवास योजनालाई सफल बनाउने सम्पुर्ण पुर्व जनप्रतिनिधी लगाएत सम्पुर्ण सरोकारवालाहरुलाई धन्यवाद दिंदै नगर अवास भित्र निर्माणाधिन अवस्थामा रहेका सामुदायिक भवन, सामुदायिक विद्यालय चाडै नै सम्पन्न गरीने बताए ।

मेयर गच्छदारले वितरण गरीएका ८० घर धुरीका घरपरीवारको महिला सदस्यहरुलाई आउने दिनहरुमा लघुउद्यममा लागि विउपुँजी समेत प्रदान गरी उद्यमी व्यवसायीको रुपमा स्थापित गराउने बताए ।

भुमीहिन तथा सुकुम्बासी भई बाच्नुपर्ने अवस्था सृजना भएता पनि अगामी दिनहरुमा तिनका सन्ततीहरु आफु अनुकुल अनुसार कम्तीमा १० धुर जग्गा सम्म

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved