कोशी मुख्यमन्त्री विरुद्धको मुद्धा पुनः मौका दिन नमिल्ने कानुनविदको दाबी

  • भदौ १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ असंवैधानिक ढंगले विश्वासको मत लिएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध सर्वोच्चमा परेको मुद्धामा वरिष्ठ अधिवक्ताहरूले पूर्ण इजलास समक्ष केपी ओलीलाई सत्ताच्यूत गर्ने असार २८ को फैसला स्मरण गराएका छन् ।

विश्वासको मत नपाउने व्यक्तिलाई पटकपटक अवसर दिन नमिल्ने भनिएको २०७८ असार २८ गतेको सर्वोच्चको फैसलाको उल्लेख गर्दै उद्धव थापाले पटकपटक जालसाजीपूर्वक असंवैधानिक ढंगले विश्वासको मत लिन खोजेकाले अब उनलाई सो मौका दिन नहुने जिकिर कानून व्यवसायीले गरेका हुन् ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदक हिक्मत कार्की पक्षबाट बहस गरेका वकिलहरूले उद्धव थापाबाट पटकपटक सभामुख र सभाध्यक्षको असंवैधानिक दुरुपयोग भएको जिकिर गरे ।

सर्वोच्चको पुर्ण इजलासले मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ ।

सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सोमबार सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो ।

अब मुद्दाको सुनुवाइ मंगलबार (आज) हुनेछ । आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।

प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभामुख वा सभाको अध्यक्षता गर्ने व्यक्तिले आफ्नो मत जाहेर गर्न नपाउने संवैधानिक प्रष्ट व्यवस्था रहेकाले अब थापालाई कुनै मौका नदिई सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश हुनुपर्ने जिकिर उनीहरूको छ ।

हिक्मत कार्कीको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई, रमेश बडाल, रविनारायण खनाल, उषा मल्ल पाठकलगायतले बहस गरेका छन् ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved