दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी

  • भदौ १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ ।

सोमबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं २० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक पंकज हलुवाईले जानकारी दिएको हो ।

दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा एतिहासिक श्री कृष्ण जन्माष्टमी पूजा एवम् रथ यात्रा महोत्सव यश बर्ष ४९औ संस्करणमा प्रवेश गरि हषोल्लास तथा भब्यताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समिती र पुजामेला समितिले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा पुजा समितिका सचिव चन्दन बैठाले बताएका हुन् ।

कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी २ सय १ जनाको मूल समिती, १ सय १ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन् ।

महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ८ किलोमिटर सम्म रथ यात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढीको भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने आयोजक मूल समितिको अध्यक्ष रमेश रौनियारले बताएका छन् ।

सुनसरीको दुहबीमा लगातार १५ वर्षदेखी भव्यक्ताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी मोहत्सव यस वर्ष पनि लाखौं भक्तजनहरुलाई रथयात्रा परिक्रमा सहभागी गराई महोत्सव सुसम्पन्न गर्ने बिश्वास पत्रकार सम्मेलन आयोजक समितिले ब्यक्त गरें ।

कृष्ण जन्माष्टमी महोत्सव दुहबीमा आठ लाख देखी नौ लाख सम्म खर्च हुने अनुमान आयोजकले गरेका छन् ।

महोत्सवको दिन रथयात्रामा लाखौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु नपर्ने संयोजक हलुवाईले निर्धक्क रथयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।

कृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं २०र२१गते भजन किर्तन र प्रसाद वितरण, २१ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाईकल र्यालि र दिउँसो १ बजेदेखि श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजकले कार्यक्रम सार्वजनिक गरी बताएका छन् ।

पत्रकार समेलनमा दुहबी नगरपालिका वडा न।६ का अध्यक्ष धन्शयाम हलुवाई , इप्रका दुहबीका प्रतिनिधि प्र.ब.ना.नि बलराम यादब ,शस्त्र प्रहरी दुहबी बेस क्यामपका शस्त्र प्रहरी निरिक्षक मनोज निरौला ,

दुहबी ट्राफिकका प्र.ना.नी जोगेन्द्र प्रधान दुहबीका स्थानिय संचारकर्मी ,स्थानीय बुद्धिजीवी समाजसेवी राजेश्वर चौधरी ,राजेश रौनियार लगायतको उपस्थिति रहेको थियोे ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved