बिरामीको चाप बढ्दै, अस्पतालमा छैन बेड

  • भदौ १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम / इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुईमा सुताएर उपचार गरिरहेको छ ।

पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुईमा सुताएर उपचार भईरहेको हो । अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको इलाम अस्पताल इमरजेन्सी इन्चार्ज टिका लुईटेलले बताए ।

डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामीको चाप रहेको कारण अस्पतालमा बेडको अभाव भएको छ । ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू भएका बिरामीलाई अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए पनि उपचार गरिरहेको अस्पतालले जनाएको छ ।


अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउने गरेको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । ‘इमरजेन्सीमा जम्मा ११ वटा मात्र बेड छन्, इमरजेन्सीमै आएका बिरामीलाई बेड नपुगेपछि भुईँमै राखेर पनि सेवा दिइएको छ’ उनले भने, ‘ओपिडीमा पनि बिरामीको संख्या बढेको कारण जसोतसो धान्नु परेको छ ।’


गत साउन महिना र भदौ १० गते सम्ममा जाँच गराउने आउने मध्ये ४१ जनामा डेङ्गु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । यीमध्ये डेङ्गुका १० जना र स्कपटाइफसका पाँच जना बिरामी भने अस्पतालमै भर्ना भएर उपचार गराएका छन् । जिल्लामा अहिलेसम्म दुई सय तीन जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved