राजनितिक कारण देश अस्तव्यस्त :डा. कोइराला

  • भदौ ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सरकार बदलिदै गर्दा कानुनहरु पनि बदलिरहने परिपार्टीले राजनितिक हिसाबले देशनै अस्तव्यस्त बनेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

राजनितिक अवश्थाले देश अस्तव्यस्त भइरहँदा जातीय, धार्मिक सदभावले मिलेर बसेको समुदायलाई पनि खल्बलाउने काम भएको उनले बताए ।

आइतबार नेपाली काँग्रेस धरान नगरले आयोजना गरेको ग्रिन एण्ड क्लिन अभियान कार्यक्रमको समापन तथा सम्मान कार्यक्रममा जहिले पनि सरकार अस्थीर बन्दै गएकोले भ्रष्टचार भयावह स्थितीमा रहेको बताए ।

उनले भने, ‘सरकार बदलिरहन्छ, सरकार पिच्छे कानुनहरु बदलिदै जाने भएकाले समस्या देखिने गरेको छ ।’

सरकार अस्थिर बनेकाले विदेशबाट आउने लगानी पनि आउन नसकेको उनको भनाई छ ।

नेपाली कांग्रेसको जिम्मेवारी राजनीतिक स्थिरता, सुशासन र भ्रष्टाचारमूक्त समाज रहेकाले दण्डहीनतामा शून्य सहनशीलता चाहिएको उनको भनाई छ । डा. कोइरालाले यी विषयमा संवेदनशील नभए देश समुन्नत बन्न नसक्ने बताए ।

नेपाली काङग्रेसको स्थापनाकालमा जनता सँग जोडिने कार्यक्रमहरु भए पनि पछिल्लो समय जनताबाट टाढै हुँदै गएको अवश्थामा धरान नगर कमिटीले आयोजना गरेको कार्यक्रमलाई धन्यबाद दिए ।

कांग्रेस नगर कमिटीको ग्रिन एण्ड क्लिन धरान अभियानको आईतबार धरान १९ स्थीत बाजेबोजु चोकमा सम्पन्न भएको छ ।

कार्यक्रम आयोजना प्रनिधिसभा क्षेत्रीय कार्यसमिती क्षेत्र नं.१ सुनसरीले गरेको थियो भने संयोजन नेपाली काङग्रेस वन वातावरण तथा व्यवस्थापन विभाग क्षेत्र नं. १ सुनसरीले गरेको थियो ।

कार्यक्रममा अथिती नगर सभापति श्याम पोखरेल, जिल्ला सभापती केदार भण्डारी, प्रदेश सदस्य अन्जना राई, जिल्ला सदस्य माधव घिसिङ, जिल्ला उपाध्यक्ष गणेश सुब्बा लगायतको उपस्थीति रहेको थियो ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved