सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण सम्पन्न

  • भदौ ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड एस .वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण सम्पन्न भएको छ। छनोट चरण उर्लाबारी, रंगेली, विराटचोक हुँदै अन्तिम अडिसन विराटनगरमा सम्पन्न भएको हो ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड एस.वि.एस.सिले २०६९ सालबाट गित संगितलाई व्यवसायिक बनाउन तथा विद्यालय स्तरमा स्थापित गराउँदै समग्र क्षेत्रको विकासका लागि आवाज तपाईको’ ‘ गौरभ राष्ट्रको’ ‘ देन निजी स्कुलहरु’ को भन्ने नाराका साथ सिङ्गिङ स्टारको आयोजना गर्दै आइरहेको छ ।


उक्त सिङ्गिङ स्टार सिजन ५ मा मोरङ जिल्ला भरिका १ सय ६४ जना विद्यार्थीहरुले भाग लिएका थिए भने १ सय १६ जना विद्यार्थीहरु अडिसन राउण्डमा छनोट भएका छन् । मोरङको उर्लाबारिमा ४८ जनाले सहभागिता जनाएका विद्यार्थीहरु मध्ये २६ जना छनोट भएका थिए ।

bbbn-pp

 

त्यसैगरि रंगेली अडिसनमा ३६ जना सहभागि मध्ये २४ जना, विराटचोक अडिसनमा २६ जना सहभागि मध्ये १७ जना र विराटनगरमा भएको अडिसनमा ५४ जना सहभागि विद्यार्थीहरुमा ४९ जना विद्यार्थीहरु छनोट भएका छन् ।

सिङिगङ स्टार सिजन ५ को उर्लाबारी अडिसनमा प्याव्सनका केन्द्रिय सदस्य केदार खनाल,विराटचोक अडिसनमा कोशी प्रदेश प्याव्सनका उपाध्यक्ष अर्जुन बस्नेत, रंगेली अडिसनमा मोरङ प्याव्सनका उपाध्यक्ष भक्तराज सुब्बा र विराटनगर अडिसनमा मोरङ हिसानका अध्यक्ष प्रेमलाल सिंह सुवाल अतिथीका रुपमा रहेका थिए । दोस्रो अडिसन असोज ३ गते विराटनगरमा हुने आयोजकले बताएको छ ।

एस.वि.एस.सि सिङिगङ स्टार सिजन ५ को छनोट चरण, सेमीफाइनल, लाइभ राउण्ड र फाइनल गरिचार चरणमा सम्पन्न गर्ने संयोजक हिरा थापाले बताएका छन् । त्यसैगरि फाइनल राउण्डमा १० जना विद्यार्थीहरु जाने र विजेताहरुलाई नगद तथा ट्रफिद्वारा सम्मान गरिने संस्थाका अध्यक्ष मोहन बुढाथोकिले बताए । सिङिगङ स्टार सिजन ५ को निर्णायक भुमिकामा सुमन श्रेष्ठ, दिपेन थापा, जेवी थुलुङ र दुर्गा पराजुली रहेका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved