धरानका अधिकाम्स होटल बिना दर्ता र नविकरण नगरी संचालन

  • भदौ ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानका अधिकाम्स खाद्य पदार्थ पाईने होटलहरु बिना दर्ता र नबिकरण नगरी सन्चालन गरेको पाईएको छ।

धरान उप –महानगरपालिकाका बजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटा, इलाका प्रशासन कार्यालयका नायब सुब्बा शिबराज खडका, खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य निरिक्षक बादल चेम्जोङ, इलाका प्रहरी कार्यालयका असइ सुन्दर श्रेष्ठ र नगर प्रहरी लगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा दर्ता र नवीकरण नगरी संचालन गरेको पाईएको छ ।

बुधबार धरान – १२ को चतरालाईनका आधा दर्जन बढि होटलहरु अनुगमन गर्दा अधिकाम्स बिना दर्ता र नवीकरण नगरि संचालन गरेको पाईएको अनुगमन अधिकृत सापकोटाले जानकारी दिए। यथाशिघ्र दर्ता र नवीकरण गर्न चेतावनी दिएको अधिकृत सापकोटाले जनाए।

चतरालाईनको प्रमिस प्रसान बेकरीमा ३ लिटर खाने तेल अखाद्य भेटिएको छ।त्यस्तै आरजु कोल्ड स्टोर दर्ता र नवीकरण नगरी संचालन गरेको पाईएको छ। साथै कोल्ड स्टोर भनेर मदिरा बिक्रि गरेको समेत पाईएको छ।अनुगमनकै क्रममा चतरालाईनको कल्पना कोल्ड स्टोर पनि नवीकरण नगरी सन्चालन गरेको पाईएको छ।

भने होटल स्टार पुर्बिमा किचन, चिम्नी सफा नपाईएकाले सरसफाईको उचित प्रबन्ध गर्न सुझाव दिइएको खाद्य निरीक्षक बादल चेम्जोङले बताईन।डि.आर. खाजा घरमा १ दशमलब ५ लिटरको ३ वटा फेन्टा, ५०० मिलिलिटरको ३ वटा जिरु र ५०० मि.लि.कै ३ वटा गोर्खा स्ट्रोङ क्यान बियर म्याद गुजृएको भेटिएकाले नष्ट गरिएको खाद्य निरिक्षक चेम्जोङ बताईन। बजार अनुगमनलाई निरन्तरता दिइने अधिकृत सापकोटाले जानकारी दिएका छन ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved