आर्थिक अभावका कारण उपचार गराउन समस्या

  • भदौ ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / आर्थिक अभावका कारण धनकुटाकी एक महिलाले मुटुको शल्यक्रिया गर्न पाएकी छैनन् । आर्थिक अभावकै कारण धनकुटा नगरपालिका – ८ सन्ताङ्की ५७ बर्षीया टेसमाया राईले उपचार गर्न नपाएकी हुन् ।

उनको मुटुको भल्ब फेर्नुपर्ने चिकित्सकले सुनाएका छन् । एक महिना अघि नै मुटुको समस्या भएर धरान स्थित बपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउने क्रममा भल्व फेर्नुपर्ने चिकित्सकले भने पनि आर्थिक अभावमा उनले भल्व फेर्न सकेकी छैनन् ।

पीडित राईका अनुसार उपचारका लागि चारलाख चाहिने बताइन् । आर्थिक अभावका कारण उपचार गर्ने रकम नभएकै कारण उपचार गराउन नसकिएको राईका श्रीमान अइन्द्रबहादुर राईले जानकारी दिए । उनले भने–‘हामीसँग त्यत्रो पैसा छैन, पैसा नभएकै कारण उपचार गराउन सकिएको छैन ।’ उनले उपचारमा सहयोग गर्न सबैसँग अनुरोध समेत गरेका छन् ।

केही समय अगाडि राईकी छोरीको टाउको र मेरुदण्डको समस्या हुदा १४ लाख खर्च भएको राई परिवारले बताएको छ । राईका भन्छन्–‘छोरीको उपचारमा सबै जायजेथा सकियो, अहिले श्रीमतिको उपचार गर्ने पैसा नै छैन, सहयोग गरिदिए उपचार गर्ने थियौ ।’

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved