बिपी प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलित

  • भदौ ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलित भएका छन् ।
बढ्दो महगी र आर्थिक जर्जताले गर्दा जीवन निर्वाह गर्ने भत्ता कम भएको भन्दै प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलनमा उत्रीएका छन ।

उनिहरुले आफ्नो समस्या छलफलमा बारम्बार राख्दा समेत व्यवस्थापनले कुनै चासो नदेखाए पछि पुन त्यहि समस्यालाई लिएर समाधानको निचोड खोज्ने प्रयासमा आन्दोलमा पुगेका छन । प्रतिष्ठानमा हाल कार्यरत १ सय ४२ इन्टर्न चिकित्सकहरु रहेका छन। उनिहरुले पाउने मासिक तलब १८ हजार ५ रहेको छ ।

उक्त तलबले जिवन निर्वाहा गर्ने निकै समस्या भएकाले जीवन निर्वाहा भत्ता अभिवृद्धिको माग गर्दै आन्दोलित भएका छन । पुरानो तलव भत्ता बढाएर २३ हजार रुपैयाँ पुऱ्याउनु पर्ने माग सहित चारबुँदे ज्ञापनपत्र व्यवस्थापन पक्षलाई बुझाएको थियो।

इन्टर्न चिकित्सकहरुले पटक– पटक गरेको अथक प्रयास र वार्तापछि पनि माग सम्बोधन नभएको भन्दै बाध्य भएर आन्दोलनको बाटो रोजेको प्रतिष्ठानका विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले बताएका छन ।

प्रतिष्ठानका कामयमुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले साउन १४ गते प्रा.डा. पारस कुमार पोखरेलेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरि उक्त समितिमा विद्यार्थी प्रतिनिधिको रूपमा डा.ओम शान्ति रजक, प्रशान्त राई, हरिष बहादुर मल्ल, राजुराज शाही र मोहम्मद अफ्रोजलाई चयन गरि समितिले साउन १६ गते बुझाएको प्रतिवेदनमा चार बुँदे सिफारिसमा,इन्टर्नसिप सुरु भएको मितिदेखि नै लागू हुने गरी मासिक २३ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने सहमति गरेको थियो ।

bpkh-11ppppppppppp

 

तर विगतमा भएका सहमतिहरूमध्ये कतिपय पालना नभएकाले विश्वासको वातावरण नबन्ने हुँदा अबका दिनमा गरिने सहमतिहरू पलना गर्नुपर्ने । राय सुझाव पेश गर्ने तथा इन्टर्न चिकित्सकहरूको मागका कारण कुनै पनि इन्टर्नहरूलाई पूर्वाग्रह व्यवहार हुने छैन भन्ने सुनिश्चितता गराउने त्यस्तै आगामी दिनमा प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारीहरूको तलव वृद्धि हुँदा सोही अनुपातमा इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता वृद्धि गर्न सिफारिस गरिएको थियो।

इन्टर्न संघर्ष समिति र विद्यार्थी कल्याण समाजले माग सम्बोधन गर्न दिएको २४ घण्टे अल्टिमेटम शुक्रबार सकिए लगत्तै व्यवस्थापन पक्षले यस बिषयलाई निन्दा नदेखाए पछि इन्टर्नहरु धर्नामा बसेका छन् ।

माग पूरा नभए सम्म धर्ना जारी रहने उनीहरूको भनाइ छ । संघर्ष समितिका संयोजक डा.मोहम्मद अफ्रोज खान र समाजका अध्यक्ष डा.ओमशान्ति रजकका अनुसार माग सुनुवाइ नभएपछि इन्टर्नहरूले आफ्नो नियमित ड्युटी छाडेर उपकुलपति कार्यालयमा बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म धर्ना बसेका छन् । यसले गर्दा प्रतिष्ठानको स्वास्थ्य सेवामा समेत असर पर्ने गएको छ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved