नेवाः देय दवु प्रदेश १ कार्य समितिले क्वाँटी फेष्टिवल धरानमा गर्ने

  • भदौ २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / नेवार समुदायको निकै महत्त्वपूर्ण चाड गाईजात्राको अवसर पारेर धरानमा भदौ १४ गते पहिलो पटक क्वाँटी फेष्टिवल धरानमा आयोजना हुन लागेको छ।

उक्त फेष्टिवलमा अन्तर जातिय पाउनहरुलाई निमन्त्रणा गरि नेवारी समुदायको निकै नै लोकप्रिय मौलिक परिकार क्वाँटी बनाएर नि : शुल्क रसास्वादन गराउने नेवा देय दवु प्रदेश १ का अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताएका छन। कम्तिमा ४ प्रकारको क्वाँटी बनाएर पाउन लगाएत कार्यक्रममा उपस्थिति हुने सम्पूर्णलाई नेवार समुदायको मौलिक परिकार चखाउन निमन्त्रणा गरिने समेत श्रेष्ठले बताए ।

नेवार जातिको मौलिक परिकार धर्म, संस्कार र रितिरिवाजलाई जगेणा गर्ने उदे्श्यले गाई जात्राको अवसर पारेर धरानमा पहिलो पल्ट क्वाँटी फेष्टिवल गर्ने लागेको यसलाई विस्तारै आगामी दिनमा अन्य जिल्लामा समेत यो कार्यक्रमलाई विट्ठतार गर्ने नेवा दवुका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शाक्यले बताएकी छन ।

newa-22-pppppppp

सो कार्यक्रमको आयोजना नेवा देय दव् प्रदेश १ कार्यसमितीको आयोजनामा धरान १० मा रहेको सैनिक भवनमा हुने भएको छ । साथै सा‌‌स्कृतीक नृत्य ,साहित्य र प्रहशन कार्यक्रमा हुने विहानको ११ बजे देखि साझको ८ बजे सम्म उक्त कार्यक्रम रहने छ ।

होटल म्यानेजमेन्ट पढिरिहेका विधार्थीहरुलाई क्वाँटी सम्बन्धी विशेषज्ञ नेवा पुरोहित दवुका अध्यक्ष राम कुमार प्रधान (खोजु ) ,सचिब रमेश प्रधान ढतुसुजु विभिन्न प्ररिकारका क्वाँटी बारे प्रस्तुति र प्रशिक्षण गराउने र प्रशिक्षार्थीहरु बाट पकाएको क्वाँटी अथिति र पाउनाहरुलाई खुवाने कार्यक्रमका संयोजक तथा सल्लाकार राजिव हलवाइले बताएका छन ।

 

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved