निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक

  • भदौ ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ४३ औं संस्करण धरान – १५ मा रहेको श्री शिक्षा सदन मा.बि मा शनिबार सम्पन्न भएको छ । उक्त शिविर स्कुलको सहकार्यमा गरिएको हो ।

क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ उमेर समुहका नागरिकहरुलाई लक्षित गरि सेवा प्रधान गर्ने उदेश्यले संचालन गरिएको हो वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाह द्वारा परीक्षण क्लिनिकमा बिशेष गरि मधुमेह, मुटु र उक्त रक्तचाप सम्बन्धिका  ७८ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

सो क्लनिकमा स्वास्थ्य जाँच गराउन आएका विमारीहरुले निः शुल्क उपचार गराउन पाँउदा खुशी व्यक्त गरेका छन ।उक्त क्लिनिक बार्षीक रुपमा आयोजना गर्दै आईरहेको अभियानका अध्यक्ष विष्णु बरालले बताए । उनका अनुसार सो क्लिनिकमा निःशुल्क रुपमा सुगर टेष्ट र औषधि वितरण समेत गर्ने गरिएको छ ।

dharan-33pp

 

त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न क्लिनिकमा वर्षा अग्रवाल, मोहन श्रेष्ठ, हेमचन्द्र ढकाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल र भोजराज श्रेष्ठ लगायतका अभियन्ताहरुको समेत सहभागिता रहेको थियो । क्लिनिकमा स्टाफ नर्स उषा चौधरी र निशा श्रेष्ठले रक्तचाप परिक्षण र मधुमेह परिक्षण गरेका थिए ।

शिक्षा सदन मा.बि.का प्रधानाध्यापक अमर बहादुर बस्नेतले समुदायमा भएका विरामीहरुलाई नि:शुल्क सेवा प्रधान गर्ने यस्तो कार्यक्रमको आयोजनामा सहकार्य गर्न पाउदा खुशी महशुस भएको बताएका छन । शिक्षा संगै स्वास्थ्य सम्बन्धमा सचेत हुनु पर्ने र अभिभावक, शिक्षक र स्थानीयहरुका लागि यो कार्यक्रमा स्कुलले जिम्मेवारी बोध गरेर आयोजनामा सहकार्य गर्नु महत्वपूर्ण रहेको पूर्व प्रधानाध्यापक श्याम बहादुर कटुवाले बताएका छन ।

त्यसैगरि स्कुलका पूर्व प्रधानाध्यापक र हाल व्यवस्थापन समितिका अध्यक्ष अम्बिका सम्बाहाम्फेले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा परिवर्तनका लागि साामाजिक अभियान प्रति आभार रहेको बताएका छन ।

यो पनि

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved