नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्वाचित

  • भदौ २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन। शनिवार विराटनगरमा सम्पन्न भएको नाट्टाको ११ औँवार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन। 

भट्टराई यस अगाडि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए । नाट्टाको अध्यक्षमा निर्वाचित भएका भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकार सँग समन्वय गरेर पर्यटकीय क्षेत्रलाई अगाडी बढाउने बताए । पर्यटकीय गन्तव्यको प्रस्तै सम्भावना रहेको कोशी प्रदेशमा प्रचार प्रसारको कमीका कारणले थुप्रै गन्तव्यहरू ओझेलमा परेको उनले बताए।

यसको प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यको रूपमा कोशी प्रदेशलाई अगाडी बढाएर लैजान नाट्टा र सरकारले सहकार्य गरेर अगाडी लान सके आर्थिक मन्दीको कारणले ट्राभल व्यवसाय धारसाय बन्दै गएको बताउँदै नव निर्वाचित अध्यक्ष भट्टराईले राज्यले धरौटी लिने एक लाख रुपैयाँ हटाउनु पर्नेमा जोड दिएका छन ।

नाट्टाको निवर्तमान अध्यक्षमा उदय श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्ष सजीत तामाङ, महासचिव नवराज खरेल,सचिवजीवनपराजुली,कोषाध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् । नाट्टाको सदस्यहरूमा मोहन सेलवाल,गौरव श्रेष्ठ, गोपाल खड्का र धर्म सिवाकोटी रहेका छन। नाटाको साधरण सभा र अधिवेशनको उद्घाटन भने कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरे छन ।

कार्यक्रममको उद्घाटन समारोलाई सम्बोधन गर्दै थापाले नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरी कोशी प्रदेशको पर्यटकीय क्षेत्रको विकासमा सरकार निरन्तर लागि परेर काम गर्ने बताएका छन । कोशी प्रदेश पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको प्रदेश भएकोले यसलाई आन्तरीक र वाहेय पर्यटक भित्राउन उदेश्यले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढने बताए ।

कार्यक्रममा नाटा केन्द्रीय अध्यक्ष रमेश थापा, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिब सन्जय कुमार राई, नाट्टाका गण्डकी मधेश प्रदेशका अध्यक्षय लगाएत अन्य प्रतिनिधिको समेत उपस्थीति रहेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved