शिक्षालाई व्यवहारिक र नैतिक बनाउन जोड दिनु पर्ने : मेयर कोइरालाको भनाई

  • भदौ ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई शैक्षिक हब बनाउनु पर्नेमा जोड दिएका छन्। विराटनगरको सगरमाथा कलेजले उत्कृष्ट अङ ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक हब बन्दै गएको बताउदै ।

“शिक्षा र स्वास्थ्यको सेवा लिनका लागि अब विराटनगर बाहिर जानु नपर्नै मेयर कोइरालाले बताएका छन “देशभरिकै उत्कृष्ट अंक ल्याउने विद्यालय र कलेज विराटनगरमा रहेको छन हामीसित दुई–दुईवटा मेडिकल कलेज समेत रहेको छन् । तर पनि हाम्रा विद्यार्थीहरु काठमाडौं र विदेश पढ्न गइरहेका छन् ।

” उनले गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ विदेशिएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन । हरेक वर्ष विदेश जाने विद्यार्थीको संख्या बढदै गएको बताए । उनले घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षामा जोड दिन अहिलेको आवश्यक रहेको बताए ।

“विद्यालय स्थर देखिनै व्यवहारिक शिक्षामा जोडदिन सके उत्पादित जनशक्ति देश विदेशमा श्रममा बिक्न सक्छन् । हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेका छन् । त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन्,” मेयर कोइरालाले “गत आर्थिक वर्षमा ७ लाख ७५ हजारभन्दा बढी युवा विदेसिएका थिए । चाहे अध्ययनका लागि होस् अथवा रोजगारीका लागि तर युवा जनशक्ति विदेसिनु देशका लागि दुर्भाग्य बनु हो”

कार्यक्रमा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विधार्थीहरु प्रिया कटुवाल अनुभव तिम्सिना, चन्द्रशेखर कामतलाई सम्मान गरिएको थियो । उनीहरुलाई मेयर कोइराला, विराटनगर वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, कलेजका प्राचार्य त्रिलोचन गौतमले सम्मान गरेका छन ।

यो पनि

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved