सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिता हुने "व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता"

  • भदौ ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेवार समुदायले सुनसरी जिल्ला स्तरीय वृहत लाखे नाचको आयोजना गर्ने भएको छ ।

 पछिल्लो समय आफ्नो संस्कार र सँस्कृति जगेर्नामा सबै एक जुट हुने क्रम बढ्दै गएको छ ।

यस्ता सँस्कृति विभिन्न जात जातिले विकृति रहित जातीय पहिचानको मुख्य एजेण्डा बोकेर वृहत रुपमा मनाउने प्रचलन बढ्दै गएको छ ।

विगतमा लाखे नाचको नामबाट चन्दा उठाउने लगायतका कुराहरु हुने गरेकालाई यसलाई मध्य नजर गरी नौ बुदे आचारसहिता समेत बनाएर लाखे नाचलाई व्यवस्थित बनाउने भएको हो ।

लाखे नाचको उद्गम जिल्लाको रुपमा भोजपुरलाई लिने गरिएको छ ।

विगतमा गाउँ घरमा सीमित लाखे नाचलाई नेवार समुदायले सबै समुदायलाई समेटेर सामुहिक रुपमा मनाउने प्रचलन भएको हो ।

धरान २०७५सालदेखि सार्वजनिक ठाउँमा सामुहिक लाखे नाचको शुरुवात गरेको थियो ।

दुई बर्ष कोभिड महामारीले लाखे नाचलाई समेत प्रभावित बनायो ।

यस बर्ष भदौ ४ गतेदेखि लाखे नाचको आयोजना गर्ने भएको छ भने भदौ १८ गते धरानमा चौथो वृहत खुल्ला लाखेनाच प्रर्दशनी तथा सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

लाखे नाँचलाई संस्थागत गरेर विकृति रहित बनाउने उद्देश्यले साउन १८ गते सिद्धि नेवाः परिषदको सक्रियतामा लाखे नाचको जगेर्नामा लागेका सरोकारवाला संघसंस्थाको उपस्थितिमा ९ बुँदे आचारसंहिता बनाएर नाचलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ । प्रतियोगितामा २२ वटा संघ संस्थाले भाग लिने छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार, दोस्रा हुनेलाई १५ हजार, तेस्रोलाई नगद १० हजार र सान्त्वनालाई नगद ५ हजार पुरस्कार दिइने नेवा द्य दबु धरानका अध्यक्ष शाक्यले जानकारी दिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved