असार १८ देखि सुचारु भएको धिमे बाजा तालिमको समापन

  • भदौ ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / सिद्धि नेवाः परिषद् र पासा खलः धरानको संयुक्त अयोजनामा असार १८ गते देखि संचालन गरिएको धिमे बाजा तालिमको प्रशिक्षण भाद्र ४ गते ४५ दिने धिमे बाजा तालिमको समापन भएको छ ।

उक्त समापन कार्यक्रम सोमबार सिद्धि नेवाः परिषद्मा सभाहलमा सम्पन्न उक्त तालिममा सहभागि रहेका ५१ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागहिरुले प्रशिक्षण अवधिमा सिकेको कलाहरुको प्रस्तुती समेत प्रदर्शन गरेका थिए ।

धिमे वाजा नेवार समुदायकोहरुले विभिन्न शुभ कार्य अर्थात शुभसाईतको कार्य, मेला जात्रा जस्ता पर्वहरुमा बजाउने लोकप्रिय बाजा भएको र धरानमा यसलाई प्रर्वधन र संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले बताएका छन ।

कार्यक्रममा प्रमुख प्रशिक्षक समिर आर्चाजु श्रेष्ठ, रेवन तुलाधर र सहायक प्रशिक्षक श्वेता शाक्य र अंकित श्रेष्ठलाई प्रशंसा पत्र साथै मायाको चिनोले सम्मान् गरिएको थियो । कार्यक्रम संयोजकहरु हरिकृष्ण श्रेष्ठ र अमृत श्रेष्ठलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरियो ।

dime-baja-22222222222222p

कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले धिमे बाजा तालिमले ५१ जना धिमे वाजा बजाउने कलाकारहरुको उत्पादन गरेकोमा खुशी व्यक्त गर्दै संस्थाले गरेका काम र योजनाबारे जानकारी दिएका छन । सहभागीको तर्फबाट सजन कुमार वज्राचार्य र रेशिका श्रेष्ठले तालिममा सिकेको अनुभव राखदै ४५ दिन सम्मको सिकाई र व्यवस्थापकीय उत्कृष्ट रहेको प्रतिक्रिया व्यक्त गरेका छन।

प्रमुख प्रशिक्षक रेवन तुलाधरले सहभागीहरुको सिक्ने उत्साह र लगनशिलाको करण प्रशिक्षण सफल भएको जानकारी गराए छन। पासा खलःका अध्यक्ष आयुष शाक्यले सिद्धि नेवाः परिषद्सँगको सहकार्य गरेर कार्यक्रम गरर्दा निकै सहज भएको बताउदै सिद्धि नेवाः परिषद्लाई कृतज्ञता सहित स्मृति चिन्ह प्रदान गरेका थिए ।

प्रशिक्षण बाट उत्पादन भएका कलाकारहरुलाई पुनतार्जगी तालिम र अन्य विभिन्न विषयका तालिमहरु समेत प्रदान गर्ने परिषद्का महासचिव मोहन श्रेष्ठले कार्यक्रम संचालन गर्ने क्रममा बताएका छन ।

कार्यक्रममा नेवाः देय् दवूका केन्द्रिय सल्लाहकार सरला कायस्थ, केन्द्रिय उपाध्यक्ष अनिल मास्के, केन्द्रिय सदस्य नरेश कुमार शाक्य, जिल्ला अध्यक्ष वसन्त कुमार श्रेष्ठ, नगर अध्यक्ष मनोहर शाक्य, पासा खलःका निवर्तमान अध्यक्ष संन्तोष शाक्य, वडा नम्बर ३ का वडाध्यक्ष विद्या शाक्य लागयत खलः पुचहरुको समेत उपस्थिति रहेको थियो ।

यो पनि

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved