यातायात ब्यबसायीको मेयरलाई ज्ञापनपत्र ‘ऐन विपरित उठाइएको पटके कर बन्द होस्’

  • भदौ ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ऐन विपरित उठाइएको पटके सवारी कर बन्द गर्न यातायात ब्यबसायीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापन पत्र बुझाएका छन् ।

राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका हो ।

महासंघको टोलीले सोमबार ज्ञापन पत्र बुझाउदै ऐन विपरीत भइरहेको पटके सवारी कर बन्द गराउन पहल गरिदिन पनि आग्रह गरेको छ ।

प्रायः सबै नगरपालिका, गाउँपालिकाहरुले राजमार्ग र सहायक राजमार्गहरुमा ठेक्का लगाएर सबै सवारीसाधनहरुसँग पटकै पिच्छे रकम असुली गरिरहेको महासंघले जनाएको छ ।

महासंघका प्रदेश समिति अध्यक्ष सरोज श्रेष्ठले यो समस्या धरानमा मात्र नभएर सबै पालिकाहरुमा रहेको बताए । ‘यो आग्रह धरानका प्रमुख ज्युलाई मात्र होइन, सबै स्थानीय तहहरुलाई हो,’ उनले भने ।

कानुन पालना गराउनुपर्ने स्थानीय सरकार आफैले राजमार्गहरुमा ढाट वा गुम्ती राखेर जर्बजस्ती गाडी रोकेर कर असुली गरिरहेकोमा आपत्ति प्रकट गर्दै महासंघले सवारीसाधनले दैनिक, मासिक एवं बार्षिक लाखौं रुपैया सवारीसाधनले तिर्नुपर्ने बाध्यता रहेको पनि बताए ।

कानुनमा एक पालिकामा सवारी दर्ता तथा बार्षिक सवारी कर लिएपछि अर्को पालिकाले त्यस्तो सवारी दर्ता तथा बार्षिक सवारी कर लिन नपाउने व्यवस्था गरेपनि प्रत्येक पालिकामा पटके कर बुझाउनु बाध्य भइरहेको महासंघ अध्यक्ष श्रेष्ठले बताए ।

पटके करकोरुपमा गैरकानुनी कर असुलीले गर्दा व्यवसाय नै धरासायी भएर आर्थिक व्ययभार परिरहेको भन्दै व्यवसायीहरुले अत्यधिक गुनासो कारण महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, कानुन, नियमावलीमा व्यवस्था भए वमोजिम आफ्नो क्षेत्र अन्तर्गत पालिकाहरुले आफैले बनाएको बाटो वा आफुलाई हस्तान्तरण भएको सडक बाहेक मुख्य राजमार्ग,

सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा ढाट राखेर वा गुम्ती राखेर जर्बजस्ती असुल गर्ने कार्य तत्काल बन्द गर्न पनि महासंघले माग गरेको छ ।

गैरकानुनी असुली बन्द नभए बाध्य भएर कानुनी उपचारको सहारा लिनुपर्ने अवस्था सृर्जना नगरिदिन पनि महासंघले जनाएको छ।

मेयर साम्पाङले ज्ञापन पत्र बुझ्दै त्यसबिषयमा थप अध्ययन गर्ने बताए

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved