शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास

  • भदौ ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / इन्ट्रा फाउन्डेसन अमेरिका संस्थापक अध्यक्ष दिल्ली अधिकार दुरा दमक बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास गरिएको छ ।

बिहिवार गरिएको शिलान्यास कार्यक्रममा करिब ६ हजार भुटानी शरणार्थीहरुको सामुहिक उपस्थितिमा रहेको थियो । उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै इन्ट्रा फाउन्डेसनका अध्यक्ष दिल्ली अधिकारीले शरणार्थी भएपनि हामी पनि नेपालको एक हिसा हौ हामीलाई सरकारले कुनै राजनिती अधिकार नदिए पनि आफु हुर्केको, बसेको खेलेको ठाउँमा फर्के आउदाँ अर्थात शरणार्थी शिविरमा रहेका बृद्धा आमा, बुवा बालबालिकाहरुलाई केहि सहयोग गरौं उनिहरुको स्वास्थ्य, शिक्षाका लागि केही उपलब्धि हुने काम गर्ने नेपाल आउन सहज र सरल नितिनियम बनाई दिन सरकार संग अनुरोध समेत गरेका छन।

उनले  नेपाल आउन पर्यटन भिषा लगाएर आनुपर्ने हुदा भिषाको लागि लामो समय लाग्ने हुदा भनेको  लामो समय लाग्ने हुदा भनेको समयमा अस्पताल बनाउन नसकेको जानकारी गराए ।

sibir 22

 त्यसमा पनि एकदमै लामो कानुनी निति अपनाउनु पर्ने हुदा चाहेको समयमा हामीले भने जस्तो सहज रुपले सहयोग गर्ने नपाउँदा नेपाली नै हौ वाध्यताले शरणार्थी हुन पुगिम तर पनि हाम्रो निम्ति सरकारले निति बनाउदा केहि सहज हुने चाहेको समयमा नेपाल तुरुन्तै आउन सक्ने वातावरण मिलाई दिए मात्रै पनि ठुलो उपलब्धि हुने बताए ।

उनले आफु पनि यहि ठाउँमा बाल्यकाल विताएको चुईने छानो मुनिको निन्द्रा , खालि खुट्टा हिडेको ति पाईला र रुखको फेथमा लिएको शिक्षा र स्वास्थ्य उपचार नपाएर दैनिकी घाटमा पुग्ने शरणार्थीहरु लाशले मन मस्तिष्कमा ताजै रहेको अनुभुतिले झस्काई रहदा अब नेपालमा रहेको शरणार्थीहरुको लागि केहि गर्नु पर्छ भने भावना सिर्जना भएर इन्ट्रा फाउन्डेसनको स्थापन गरेको यसै संस्था बाट अब यस ठाउँमा रहेका शरणार्थी नागरिकहरुले बालबालिका र बृद्धा अवस्थाका आमा बुवाहरुले विगतमा आफुले भएको जस्तो परिस्थिति झेल्नु नपरो भनेर शिविरमा रहेका सम्पुर्ण शरणार्थीहरुलाई सहयोग गर्ने गरेको बताए ।

sibir 5555

उनले शिविरमा रहेका आमाबुवाहरुलाई मासि ५ हजार दरले बृद्धा भत्ता वितरण गर्ने गरेका छन । त्यसैगरी बेलडाँगी र पथरीमा शिविरमा रहेका करिब ७ सय बालबालिकाहरुलाई प्राईभेट बोडिङ्ग स्कुलको पढने सम्पुर्ण खर्च समेत धानेका छन ।

साथै अब शरणार्थीहरुले उपचारको समस्या भोग्नु नपरो भनेर बेलडाँगी र पथरीमा स्वास्थ्य अस्पतालको शिलान्यास गर्दै चाडै शिविरमा रहेका नागरिकले स्वास्थ सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरेका छन। उक्त अस्पतालमा दुईवटा एम्बुलेन्स समेत राख्ने घोषणा गरेका छन।

इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले करिव ३० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो । उक्त शिलान्यास कार्यक्रममा फाउन्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारी, नेपाल च्याप्टर अध्यक्ष तथा अभिनेता दिलिप रायमाझी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, फाउन्डेसनका प्रवन्ध निर्देशक रुद्र बानियाँ, भ्वाइस अफ नेपाल बिजेता किरण गजमेर, कलाकार शंकर बिसि, गायक डम्बर नेपाली, पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

sibir66666

इन्ट्रा अध्यक्ष अधिकारीले जमिन खनेर शिलान्यास गरेका थिए । शिलान्यास गरिएको स्वास्थ्य चौकी दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबाट शरणार्थी शिविर भन्दा बाहिरका गाउँ बासिले समेत स्वास्थ्य सुविधा लिन सक्ने बताएका छन ।

शिविरका नागरिकहरु अस्पताल शिलान्या हुदा निकै  खुशि भएका छन । विगत लामो समय देखि स्वास्थ्य चौकी नहुदा अन्य ठाँउमा   उपचार गराउन  जाँदा  चाहेको समयमा गाडि नपाउने हुदा कतिपयको समयमा उपचार नपाउदा मृत्यु समेत हुने गरेको स्थानिय वेदमाया अधिकारी बताईन ।

त्यसैगरी सामान्य सिटामोल, जिवनजल जस्ता औषधि समेत शिवर नजिकै नहुदा शिवरवासिले उपचारको लागि निकै कष्ठ भोगिरहनु परेको थियो ।अब शिविरमा एउटा उज्यालो थपएिकोमा शिविरवासी निकै उत्साहित र खुशि भएको मनुजा अधिकारीले बताईन ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved