पर्यटकको आकर्षण बन्दै ताप्लेजुङकाे ‘फुङफुङे झरना’

  • भदौ ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/ हेरिरहुँ लाग्ने करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै झरिरहेको ‘फुङफुङे झरना’ मनमोहक तथा कञ्चन झरना झरिरहेको छ ।

हिँउद–बर्खा बाह«ै महिना एकनास बगिरहने ताप्लेजुङको फुङफुङे झरना सधैँ उही र उस्तै सुन्दरता बोकेर वर्षौदेखि ठूलो चट्टानी पहाडबाट झरिरहन्छ ।

सदरमुकाम फुङ्लिङबाट करिब ४ घण्टाको गाडिको यात्रामापुग्ने सकिने यो ठाउँ आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । 

ताप्लेजुङ सदरमुकाम फुङलिङवाट पश्चिम दिशामा  रहेको फुङफुङे झरना मिक्वाखोला गाउँपालिकामा छ । जिल्लाकै दोश्रो ठुलो वजार दोभान, मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फी हुँदै यहाँ गाडीवाट तीन देखि चार घण्टामा  पुगिन्छ । 

करिव ४५ किलोमिटर कच्ची सडक भएकाले कहिले सुखद त कहिले दुखद पहाडी यात्राको बिशेषता र अनुभव बटुल्ने अवसर पनि मिल्छ ।  यो झरना बाह«ै महिना बहिरहने देशकै लामो झरनामा पर्छ । स्थानीयतहको सरकार गठनहुनुपूर्व झरना गुमनाम झै  रहेपनि पछिल्लो समय प्रचारप्रसारले र पूर्वाधार निर्माणले पर्यटकीय गन्तव्य बनेको छ । 

यो झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभै पर्यटकीय र धार्मिक महत्व बोकेको छ । झरनालाई शक्तिको प्रतिक मानेर हुनुपर्दछ झरनाको फेदी नजिकै फुङफुङे देवीको पुजास्थल पनि राखिएको छ । 

झरनाको फेदमाबन्दै गरेको ७३ मेगावाटको मध्यमेवा जलविद्युत आयोजनाका कारण सडक मर्मत तथा स्तरोन्नती गर्ने काममा पालिकालाई मद्दत मिलेको छ । सडक पहुँच पुगेसँगै यति बेला झरना गाउँपालिकाबासीको आम्दानीको स्रोत बनेको छ ।

सडकको सुविध पुगेसँगै आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । झरना वाहेक लिम्बु समुदायको धाननाचदेखि गाउँघरको जनजीवनको गर्न पाउदा पर्यटकहरु हर्षित छन् । गाउँपालिकाको समेत प्राथमिकताको आयोजना भएकाले भविष्यमा पर्यटकीय गन्तव्य हुनेमा स्थानीय ढुक्क छन् । झरना अवलोकनकालागि जानेले प्राकृतिको दिव्य र अतुलनीय सुन्दरता देख्नसक्छन् । झरनाको लम्बाई १ सय ८० मिटर रहेकाे खबर एभरेष्ट पेडिया.कमले प्रकाशित गरेको छ।  । 

 

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved