धरानमा हिन्दु जागरण अभियानको र्‍याली नगर्न सुनसरी प्रशासनको अनुरोध "धरानमा धर्मिक तथा सामाजिक सद्भाव र्‍यालीको आयोजना"

  • भदौ ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका प्रतिक्रियाहरु आउन थालेपछि धरानेहरुले सदियौदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै धरानमा सद्भाव र्‍यालीको आयोजना गरिएको छ ।

 र्‍यालीमा धरानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि, पूर्व नगरप्रमुख, विभिन्न जातजातिका संघ संगठन, धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सद्भावर्‍याली आयोजना गरिएको थियो ।

प्छिल्लो समय धरानमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका गतिविधि सामाजिक सञ्जालमार्फत हुन थालेपछि धरानेहरुले सर्वदलीय, सर्वपक्षीय सद्भाव ¥यालीको आयोजना गरिएको हो । धरान १ छाताचौकमा रहेको पुरानो अस्पतालबाट शुरु भएको र्‍याली धरान २ भानुचौकम टुंगिएको थियो ।

 र्‍यालीको आयोजना गर्नुअघि दल तथा सम्बन्धित पक्ष हिजोदेखि नै वृहत छलफल गर्दै आएका थिए । छलफलपश्चात १३ स्थानीय राजनीतिक दलहरुले सामाजिक तथा धार्मिक सद्भाव भड्किन नदिने वातावरणको तयार गर्ने र भोलि हुने हिन्दु जागर अभियानलाई स्थागित गरिदिन अनुरोध गर्ने निर्णय भएको छलफलमा सहभागीपश्चातर्‍यालीमा सहभागी दलका प्रतिनिधिहरुमध्येका काँग्रेसका नेता किशोर राईले बताएका छन् ।

सामाजिक सद्भावलाई कायम राख्न यस अघि धरान उपमहानगरपालिकाले र पूर्व नगरप्रमुखहरुले विज्ञप्ती प्रकाशित गर्दै सचेत रहन आवहान गरेका थिए ।

धार्मिक सद्भाव खल्बलिन नदिन स्थानीय सरकार सचेत हुनुपर्ने भएपनि त्यो नदेखिएपछि पूर्व मेयर, राजनीतिक दल, विभिन्न जातीय संगठनका प्रतिनिधिह प्रतिनिधिहरु सक्रिय भएर लागेका छन् ।

उनीहरुले सदियौदेखि मिलेर बसेको धरानमा धार्मिक तथा सामाजिक  सद्भाव खलबलिने गतिविधिबाट सचेत हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि सद्भावर्‍यालीको आयोजना गरिएको र्यालीमा सहभागी धरान उपमहानगरपालिकाका पूर्व मेयर कुमार कार्कीले बताएका छन् ।

यता जातीय संगठनबाट प्रतिनिधि गर्दै आएका किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले सदियौदेखि सद्भाव कायम भएको धरानमा सद्भाव भड्किने गिितविधि गर्न नहुने सन्देश प्रवाह गर्न पनि सबै पक्ष सम्मिलित र्यालीको आयोजना गरिएको बताए ।

स्थानीय सरकारले सद्भाव कायम राख्ने विषयमा कुनै प्रकारको भूमिका निर्वाह नगरेको आरोप लगाइरहँदा सद्भावर्‍यालीमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको भने उपस्थिति देखिएको थिएन ।

तथापि धरान उपमहानगरपालिका धरानको धार्मिक, साँस्कृतिक सद्भाव कायम राख्ने कुरामा कुनै कन्च्चुस्याई नगर्ने उपमेयर अइन्द्रविक्रम बेघाले दिनु भएको थियो ।

सबै धर्म, जातजातिको संस्कृति धरानमा साझा बन्दै गएको बताउदै यसलाई कायम राख्न उपमहनगरपालिका जहिल्यै गम्भीर रहने उपमेयर बेघाको भनाई थियो ।

पछिल्लो समय धरान १४ विजयपुरमा रहेको बालगोपाल मन्दिर अगाडि बनेको चर्चको विषय र केही समय अगाडि साँस्कृतिक अभियान भन्दै धरान ११ मंगलबारे चौकको सार्वजनिक स्थलमा गोरु कटेर खाएको चर्चा सामाजिक सञ्जालमा जताततै रंगिएको छ ।

सामाजिक सञ्जालमार्फत आ आफ्नो तर्क राख्दै एकले अर्काेलाई तथानाम गाली गर्ने, प्रतिक्रिया दिने काम तिब्र  रुपमा बढिरहेको बेला शनिवार सनतान हिन्दु धर्मालम्बीहरुले आयोजना गर्ने हिन्दु जागरण अभियान अन्र्तत धरानमा निकाल्न लागेको र्‍यालीमा धार्मिक सद्भाव नखल्बलियोस् भन्ने मुख्य उद्देश्यले एक दिन अगाडि सद्भाव र्‍याली निकालिएको हो ।

विहानदेखि परेको परेको बर्षाद्को समेत प्रवाह नगरी सद्भाव कायमै राख्न सबै सचेत र गम्भीर हुनुपर्ने सन्देश प्रवाहमा थप सहयोग पुग्ने अपेक्षाले सबै पक्षको उल्लख्य उपस्थििित रहेको थियो ।

यता सद्भाव खल्बलिने भन्दै हिन्दूवादी धार्मिक संघसंस्थाहरूले धरानमा शनिबार गर्न लागेको कार्यक्रम तत्काल नगर्न सुनसरी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सर्वपक्षीय र सर्वदलीय छलफलले अपिल समेत गरिसकेको छ ।

 

सशस्त्र प्रहरी बल न. ...

धरान/सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरी ...

धरानमा लागू औषधसहित ...

धरान/  सुनसरीको धरानमा लागू औषध गाँजासहित एक ...

झापाको बिर्तामोडबाट ...

झापा/ झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा ...

सुनसरीमा मोटरसाइकलले ...

धरान/ सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकलले स्कुटरला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved