निषेध आज्ञा कारण धरानको जनजीवन प्रभावित

  • भदौ ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 

धरान / धरानमा सद्भाव भड्किने खालका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी निषेध गरेको छ । जारी निषेधका कारण धरानको जनजीवन प्रभावित बनेको छ ।

कफ्युका कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टहरुम कडाई गरेको छ । अप्रिय घट्ना नघटोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा टोली खटाइएको छ । कफ्युकै कारण सधै व्यस्त रहने धरान २ भानुचौक सुनसान रहेको छ । कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन चल्न सकेका छैनन् भने पूर्व पश्चिम जाने यात्रुवाहक बसहरु समेत बसपार्कमा नहुदा बस स्टेन सुनसान छन् ।

बजार पसल पनि आंशिक रुपमा खुल्ला रहेका छन् । कोशी पहाडी क्षेत्रबाट आउने मुख्य द्वार धरान १३, वेसक्याम्प, धरान इटहरी छिर्ने नाका धरान ८ तीनकुने चेकपोष्ट तथा सेउती पुलमा सुरक्षा गस्ती खटिएका छन् ।

dharan-b33

इटहरीबाट आउने सवारी साधन तथा धरानबाट इटहरीतर्फ जाने सवारी साधनलाई तीनकुने चेकपोष्टमा खटिएका सुरक्षाकर्मीले कडा चेकजाँच पश्चातमात्र छोडिदिने गरेको छ । निजी सवारी साधन लिएर हिडेका सर्वसाधारणलाई तीनकुने चेकपोष्टमा राख्ने काम विशेषबाहेक जान नदिने, गएका सवारी साधनको नम्बर नोट गर्ने काम सुरक्षाकर्मीहरुले गरेका छन् ।

कुनै अप्रिय घट्ना घटन नदिनका लागि सुरक्षाकर्मी तैनाथ बनाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।

धरान २ बालगोपाल अगाडि विना स्वीकृत बनाइएको चर्चा र धरान ११ मंगलबारे चौकको सार्वजनिक स्थलमा गोरु काटेर खाएको घट्नाले उग्र रुप लिएपछि हिन्दु सनातन धर्मालम्बीहरुले धरानमा शनिवार ‘गोरक्षा शान्ति ¥याली’को आयोजना गर्ने कार्यक्रम तय गरेका थिए ।

dharan-22

 

समग्र वैदिक सनातन समुदाय, श्रीवैष्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, हिन्दु जागरण नेपाल, वैदिक कर्मकाण्ड परिषद्, विश्व हिन्दु महासैघ, शिवसेना नेपाललगायत संघ–संस्थाले ‘स्वधर्म गोरक्षा शान्ति ¥याली’ आयोजना गर्ने तयारी गरेका थिए।

हिँसा भड्किने सक्ने भन्दै धरानेहरुले सदियौदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै शुक्रबार धरानमा सद्भाव ¥यालीको आयोजना गरेका थिए । यद्यपि तय गरिएको कार्यक्रम गर्ने आयोजक हिन्द’ जागरण अभियानका नेपालका एक सदस्यले बताएका छन् । कार्यक्रमलाई इटहरी केन्द्रित गरेर भएपनि गर्ने तय भएको ती सदस्यले बताएका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved