साझा पर्व बन्दै गाइजात्रा

  • भदौ १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पवित्रता र सुरक्षाको दिनको रुपमा ब्राम्हण क्षेत्रीहरुले जनै लाउने, डोरा बाध्ने प्रचलन रहेको छ ।

यस्तै रक्षाबन्धनकै दिन मधेशी समुदायले राखी बाध्ने प्रचलन रहेको छ भने नेवारी समुदायमा क्वाटी पूर्णेको रुपमा मनाउनुका साथै गाइजात्रा समेत यसै दिन निकाल्ने प्रचलन छ ।

धरानमा जातीय तथा धार्मिक सद्भाव खल्बलिएको नकारात्मक समाचार सबैतिर गए पनि यस्ता चाडपर्वमा सबै जातजातिको उल्लेख्य उपस्थितिले सद्भावलाई नखल्बलिएको प्रमाणित गरेको छ ।

विभिन्न समुदाय तथा जातिले श्रावण शुक्ल पूर्णिमा दिन आ–आफ्नो परम्परा अनुसार चाडपर्व मनाउने प्रचलन रहेको छ ।

धरानमा ब्राम्हण क्षेत्रीले सुरक्षा पवित्रता र सुरक्षाको रुपमा जनै लाउने, डोरा बाध्ने चाड मनाइरहँदा नेवारहरुले सस्थागत रुपमा गाइजात्रा पर्व निकालेका छन् ।

२०५२ सालदेखि धरानमा स्थापित भएको सिद्धि नेवाः परिषद्ले नियमित रुपमा गाइजात्रा संंस्थागत रुपमा निकाल्न शुरु गरेकाेहो ।

कोरोना संक्रमणका समयमा दुई बर्ष निकाल्न नसके पनि पुनः नियमित रुपमा यो पर्व मनाउदै आएको हो ।

नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले ३ सय बर्ष अगाडि सुरु गरेको मानिन्छ ।

नेवार समुदामा मृत्यु पर्यान्त एक बर्षभित्रमा गाइजात्रा निकाल्ने परम्परा रहेको छ ।

देशभर संस्थागत रुपमा गाइजात्रा मनाइए पनि धरानमा भने सिद्धि नेवाः परिषद्ले सबै नेवार समुदायलाई संगठित गर्दै पर्व मनाउन थालिएको नेवाः द्ेय दबुका कोशी प्रदेश कमिटीका उपाध्यक्ष तीर्थ मास्के बताउँछन् ।

धरानमा निकालिएको गाइजात्रामा नेवार समुदायसँगै सबै जातजातिको सद्भाव रहेको प्रष्ट देखिएको छ । धरानको भानुचौकबाट लक्ष्मी सडक हुदै, पुरानो बजारबाट निकालिएको गाइजात्रा  र्‍याली धरान ७ सिद्धि नेवाः परिषद्को कार्यालयमा आएर समापन भएको थियो ।

नेवार समुदायले आफ्ना दिवंगत पितृहरुको तस्विरसहित नेवारी साँस्कृतिक बाजागाँजा र झाँकीसहित बजार परिक्रमा गरेको थियो ।

नेवार समुदायभित्र पनि विभिन्न संघ संस्था रहेका छन् । सबै समुदायले चाडपर्वलाई समायोजन गरेर मनाउने गरेको पाइएको छ ।

झिंगु समाजले नयाँ बर्षको भिन्तुना, नेवाः द्य दबुले लाखे र यमरी पर्वको संयोजनको भूमिका खेल्दै आएको छ भने गाइजात्रा पर्वमा प्रत्येक बर्ष सिद्धि नेवाः परिषद्ले संयोजनको भूमिका निर्वाह गर्दै आएको सिद्धि नेवाः परिषदका कार्यसमिति सदस्य एवम् गाइजात्रा साँस्कृतिक पर्वका सह संयोजक हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

जुनसुकै कार्यक्रमलाई पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले सहयोग पु र्‍याउदै आएको छ ।

यो कार्यक्रममा कोशी प्रदेशका सांसद यसोदा कायस्थ, रमेश बस्नेत तथा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम वेघाको समेत उपस्थिति रहेको थियो ।

स्थानीय सरकारले जुनसुकै जाति समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्ने नीति लिएकोले हरेक जाति वा समुदायका चाडपर्वलाई साझा पर्वको रुपमा स्थानीय सरकारले लिने गरेको उपमेयर वेघाले बताए ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved