धरान । अविरल वर्षासँगैं आउने बाढीले वर्षेनि धरान ६ पानवारी स्थित सेहेरा खोला किनाराका बस्तीबासीले सास्ती भोग्नु परेको छ । गत २०७० सालमा आएको वाढीले पानबारीमा एक घरका ४ जनाको परिवारलाई वगाएर मृत्यु समेत भएको थियो ।
खोला नियन्त्रणका लागि सम्बन्धीत निकायमा माग गरे पनि अहिले सम्म कुनै पहल नहुँदा वर्षेनि वर्षाको समयमा सेहेरा खोला नजिकैको बस्तीवासीले सास्ती भोग्दै आएका छन् । निरन्तर झरी पर्न थाले पछि बस्तीवासी रातभर जाग्राम बस्नु पर्ने बाध्यतामा हुन्छन् ।
सेहेरा खोलाले वर्षा याममा सिंगो पानबारीवासीलाई दुख दिदैं आएको छ भने खोला नियन्त्रणको गर्नको लागि माग गरेपनि अहिले सम्म नियन्त्रणको प्रयास हुन नसक्दा वर्षेनी समस्या भोग्नु परेको स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।
सेहेरा खोला हेर्दा सामान्य खहरेजस्तो देखिए पनि यसले स्थानीय सरकारका साना योजना कुलो, पैनी, सिचाइमा बर्सेनि क्षति पुर्याउँदै आएको छ । सेहेरा खोला किनारामा रहेका ४, ५ र ६ नम्बर वडाका बस्तीवासीले वर्षेनी क्षति व्यहोर्नु परेको छ ।
अविरल वर्षा सँगै सेहेरा खोलामा आएको बाढी बस्तीमा पसे पछि त्याहाँका १५ घर परिवार उच्च जोखिममा रहेका छन् । सेहराखोला पुलदेखि उत्तर पूर्व तर्फ धार परिवर्तन गरेर खेतमा पसेर खोला वस्ती भित्र आउँदा खोला किनारामा वसोवास गर्ने एक दर्जभन्दा वढी घर परिवारहरु खोलाले राती नै वगाउने त्रासले रातभर जाग्राम बस्न बाध्यता रहेको स्थानीय सार्के परियार बताउँछन् ।
वर्षेनी खोलाले धार परिवर्तन गरि बस्तीलाई जोखिममा पारे पछि खोला नियन्त्रणका लागि विभिन्न समस्या आएको छ । लागत स्टिमेट सहित सिंचाई विभागमा तारजालीका लागि निवेदन समेत पठाएको थियो । वडा कार्यालयले नगरमा सिफारिस गरिदिएको र नगर मार्फत २६ लाखको लागत स्टिमेट तयार गरी सिंचाइ कार्यालयमा पठाइको थियो ।
तत्काल २० थान तार जाली सिचाई बिभाग मार्फत प्राप्त भएपनि थियो । तर वन कार्यालयले डोजर लगाउन नदिएपछि रोकिएको थियो । तत्कालीन अवश्थामा प्रमुख जिल्ला अधिकारीले बाधा फुकाइदिएपछि काम गर्ने योजना बनाएका स्थानीयले जाली लगाउन तयारीमा थिए ।
तर सोमबार आएको बाढीले बस्तीलाई थप जोखिममा पारेको छ । परियारले भने, ‘ श्रमदानबाट काम सुरु गर्ने योजना बनाएका थियौँ, ४० हजार रकम संकलन गरेर जाली लगाउने तयारी थियो तर राती नै बाढी आयो ।’
सेहेरा खोलामा आउने बाढीले वर्षेनी बस्तीलाई जोखिममा पारेको कोशी प्रदेशसभा सदस्य तथा स्थानीयवासी समेत रहेको रमेश कुमार वस्नेत बताउँछन् । उनले भने, ‘सिचाई र खाानेपानीको मुख्य श्रोत नै स्थानीय सेहराखोलाको विकल्प नभएको र अविरल वर्षासँगै आउने बाढीले वर्षेनी धनजनको क्षति गर्दै आएको छ ।’
यस वर्ष सेहराखोला नियन्त्रण गर्नका निम्ति स्थायी समाधानको लागि करिडोर वनाउने योजना रहेको बस्नेतले बताए । गुरु योजना मार्फत करिडोरको काम शुरुवात गरिने उनको भनाई छ ।