भ्रष्टाचार विरुद्धको ¥यालीबाट पछि हटे धरानका मेयर

  • भदौ १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । सामाजिक सदभाव बिग्रने भन्दै कोशी प्रदेशका सुरक्षा निकायमा प्रमुखहरुले तत्काल कुनै ¥याली तथा प्रदर्शन नगर्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई सुझाव दिए पछि भदौ १५ गते भनिएको भ्रष्टाचार विरुद्धको ¥यालीको घोषणा फिर्ता भएको छ ।

केही दिन अघि मेयर साम्पाङले भदौ १५ गते धरानमा भ्रष्टूाचार विरुद्ध रयाली निकाल्ने बताएका थिए । उनले देशमा व्याप्त भ्रष्टूाचार विरुद्ध सचेतना ¥यालीमा सहभागी हुनका लागि केही दिनयता निरन्तर आह्वान गर्दै आएका थिए । उनको घोषणा पछि सुरक्षा निकायहरुले सामाजिक सदभाव खल्बलिने भन्दै ¥याली ननिकाल्न सुझाएका थिए ।

मंगलबार कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुले संयुक्त रुपमा भेटेर ¥याली ननिकाल्न आग्रह गरेका थिए । लगत्तै मेयर राईले सामाजिक संजाल मार्फत भदौ १५ गते भ्रष्टाचार विरुद्धको ¥याली स्थगित भएको भन्दै फिर्ता लिएका छन् । हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक पेजबाट उनले ‘विशेष कारणले गर्दा भदौ १५ मा गरिने भनिएको ¥याली स्थगित गरिएको सबैलाई जानकारी गराउँछु’ भनेका छन् ।

सामाजिक सद्भाव बिग्रने भन्दै सुरक्षा निकायका प्रमुखहरूले नगरप्रमुख साम्पाङ लाई तत्काल कुनै पनि रयाली नगर्न भनेका थिए । कोसी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी बल बराह बाहिनी पलकीका प्रहरी महानिरीक्षक डिआइजी अन्जनी कुमार पोखरेल, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रभु प्रसाद ढकालले संयुक्त रूपमा भेटेका थिए ।

भेटका क्रममा पछिल्लो समय साम्पाङले गरेका गतिविधि तथा सामाजिक सञ्जालमा लेखेको विषयमा पनि सुरक्षा निकायका प्रमुखहरूले गम्भीर रूपमा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको भेटमा सहभागी एक सुरक्षाकर्मीले जानकारी दिए । सुरक्षा निकायका प्रमुखहरूले राई लाई सद्भाव बिथोलिने कुराहरू सामाजिक सञ्जाल फेसबुकमा नलेख्न र उत्तेजक कमेन्ट समेत नगर्न सुझाव पनि दिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved