धरानमा यस्तो छः नमुना सहिद मार्ग (भिडियो )

  • जेठ २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार्गले धरानको सुन्दरतालाई थप बढाएको छ ।

उपमहानरकै नमुना मार्गको रुपमा लाङघाली चौकदेखि महादेवचौकको शहिद मार्गले धरानको सुन्दरतालाई थप बढाएको हो ।उपमहानगरपालिकाको वहुवर्षीय योजना अर्न्तगत लाङ्घाली चौकदेखि पूर्व हुँदै महादेव चौक सम्म ८ सय मीटरको ५० फिट फराकिलो पक्की सडक छ ।

naresh-iwaram

- तस्बिरमा: वडाध्यक्ष नरेश इवारम

 

आर्थिक वर्ष २०७९।०८० को वजेटद्धारा नगरको गौरवको आयोजना अर्न्तगत ८ करोड वजेट मार्फत पक्की सडक बनेको हो।वडाले २०७५ सालदेखि नै स्तरउन्नती सहित पक्की सडक वनाउनको् लागि नगर गौरबको आयोजना अर्न्तगत काम थालनी गरेको थियो ।

आर्थिक वर्ष २०७५।७६ मा १ करोड वजेट मार्फत सडकलाई स्तरउन्नती गर्ने कार्यको थालनी गरेको थियो भने आर्थिक वर्ष ०७७।७८ मा पनि ६० लाखको वजेटबाट आर्थिक वर्ष ०७९।८० मा भने ८ करोडको वजेट मार्फत निर्माण कार्यलाई अन्तिम रुप दिएको वडाध्यक्ष नरेश इवारमले बताए ।

शहिद मार्ग धरानको पानबारी अर्को जिल्ला मोरंङको केराबारी सहित मदन भण्डारी राजमार्गलाई समेत जोड्ने सवै भन्दा पुरानो मार्ग हो ।
नगरको गोैरब आयोजना अर्न्तगत गणतान्त्रिक नेपालका पहिलो धरानका मेयर तारा शुव्वाको कार्यकालमा अघि सारिएको आयोजना हो ।

तारा शुव्वाको निधन पछि बाहक मेयर मन्जु भण्डारीको पहलमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गरी सडक विस्तारको काम थालनी गरिएको थियो ।

मेयर तिलक राईको कार्यकालमा पनि क्रमागत योजनामा राखेर हालका मेयर हर्कराज राईले समेत  शहिद मार्ग निर्माण सम्पन्न गर्नको लागि सहयोग गरेको वडाध्यक्ष इवारमले बताए ।

अहिले सडकको वनावटले आकर्षणले त्यहाँ पुग्ने जो कोहीलाई धरान भित्रै सिंहापुर पुगेको अनुभुती हुने गरेको त्यहाँ आवात जावात गर्नेहरुले बताउँछन् ।

उक्त सडकको बारेमा धरान उपमहानगरपालिका वडाध्यक्ष नरेश इवारम लाई कोशीपत्रले गरेको कुराकानी सहितको स्थलगत भिडियो रिपोटः

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved