निःशुल्क आँखा शिविर

  • भदौ १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान १४ विजयपुरमा करिब ३ सय बर्ष पुरानो मानिएको गणेश भीमसेन मन्दिरको संरक्षणमा लागेको गणेश भीमसेन गुठी संरक्षण समतिले स्थानीय सर्वसाधारणको आखाको समस्यालाई मध्यनजर गरी निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।

पुराना मन्दिरलाई संरक्षण गर्दै आएको समितिले समय समयमा सामाजिक सेवा समेत गर्दै आएको छ । यसै क्रममा धरान १४ विजयपुरमा रहेका सबै उमेर समुदायलाई लक्षित गरी मन्दिर अगाडि निःशुल्क आँखा शिविरको आयोजना गरेको हो ।

समितिलाई धरान १२ मा रहेको सूर्य आई केयरले परीक्षणका लागि सहयोग गरेको छ । परीक्षणमा आँखामा समस्या भएका सबै उमेरका सर्वसाधारणको उपस्थिति रहेका सूर्य आई केयर धरान १२ की चिकित्सक डा.इच्छा जोशी सोनीले बताइन् । उनले चेकजाँच गरिएकामध्ये धेरैलाई मोतियाविन्दु भएको पाइएको बताउदै आँखा पाक्ने रोगबाट ग्रसित हुनेहरु समेत शिविरमा उपचार गराउन आएको बताइन् ।

विशेष गरी बृद्ध अवस्था र दीर्घरोगी मधुमेह उच्च रक्तचाप हुनेहरुलाई मोतिया विन्दुको समस्या बढी हुने भएकोले यस्ता विरामीले समय समयमा आँखाको परीक्षण गरिरहनुपर्ने सुझाव दिइन् ।बृद्धा अवस्था भएका र आर्थिक अभावका कारण उपचार गराउन नसकेकाहरुलाई लक्षित गरी आँखा शिविर राखिएको गणेश भिमसेन गुठी संरक्षण समितिका अध्यक्ष बसन्त श्रेष्ठले बताए ।

उपचारका क्रममा आँखा पाकेर समस्या भएकाहरुलाई औषधि उपचार गरिएको थियो भने मोतिया विन्दु भएका विरामीलाई सूर्य आइकेयरले समन्वय गरेर शल्यक्रिया गर्ने समितिले जनाएको छ । शिविरमा १ सय १५ जनाको आँखा चेकजाँच गरिएको आयोजकले जनाएको छ ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved