सानो विवादमा ठूलो क्षति ‘मट्टितेल छर्केर आगो लगाइयो’

  • भदौ १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सामान्य विवादका कारण धरान १७ का अजितमान विकले ठूलो क्षति व्यहोर्नु परेको छ ।

सामान्य विवादमै उनलाई मट्टितेल छर्केर आगो लगाइएको थियो ।

धरान १७ मा भएको सो घट्नाबाट घाइते भएका उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।

खहेर्दा सामान्य जलेको जस्तो देखिए पनि बिपी प्रतिष्ठान ‘बर्न हस्पिटल’ नभएका कारण उनको अवश्था चिन्ताजनक रहेको छ ।

गत भदौ १३ गते बुधबार धरान १७ का ४१ वर्षीय अजितमान बिकलाई सोही स्थान बस्ने जङ्गे कुमाल भनिने जंगबहादुर राई र उनकी श्रीमती जयकुमारी राईले मट्टितेल छर्केर आगो लगाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरको छ ।

दुबैलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिई अनुसन्धान थालिएको डिएसपी मल्लले जानकारी दिए ।

धरान १७ कै एक पसलमा खानपिन गरिरहेको बेला जंगबहादुर र उनकी श्रीमती जयकुमारीले मट्टितेल खन्याएर आगो लगाएको पीडित बिकले बताए ।
पीडित बिकको अनुहार, छाती, पेट, तथा हात जल्दा उनी गम्भीर घाइते भएका छन् ।

उनको हाल बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानस्थित सर्जरी २ को आइसोलेसन वार्डको बेड न १ मा उपचार भइरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved