किरात संस्कार र संस्कृति संरक्षणमा शिक्षा निकेतनकी स्मृति प्रथम

  • भदौ १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  किरात राई विद्यार्थी संघको २५ औं स्थापना दिवसका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा शिक्षा निकेतन माविकी छात्रा स्मृति राई प्रथम भएकी छन् ।

‘किरात संस्कार र संस्कृति संरक्षणमा राई विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा विजयी उनले नगद ५ हजारसहित प्रमाण–पत्र प्राप्त गरेकी छन् ।

प्रतियोगितामा महेन्द्र क्याम्पसका विद्यार्थी नवीन राई दोस्रो भए भने धरान मोडल कलेजकी समीक्षा राई तेस्रो भइन् । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीले क्रमशः ४ हजार र ३ हजार नगदसहित प्रमाण–पत्र प्राप्त गरे ।

प्रतियोगितामा प्रमुख अतिथि यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई तथा किरात राई विद्यार्थी संघका केन्द्रीय सचिव हेमराज राई, किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष हेमन राईलगायतले पुरस्कार प्रदान गरे ।

प्रमुख अतिथि राईले वक्तृत्वता बौद्धिक छ्लफल भएकाले सबैले सान्दर्भिक कुरा उठाएको बताए ।

उनले संस्कार र संस्कृतिप्रति विद्यार्थीको दखलले उत्साहित बनाएको बताए ।

उनले विजेताहरुले व्यक्त गरेको विचार यायोक्खाद्वारा प्रकाशित गरिने स्मारिकामा छाप्ने बताए ।

यायोक्खा अध्यक्ष राईले आगामी दिनमा यायोक्खाले जिल्लाभरका विद्यार्थीहरुको प्रतियोगिता गराउने प्रतिबद्धता व्यक्त गरे ।

‘नेतृत्व विकास तालिम, भाषणकला तालिम समेत दिन नसकेका अवस्थामा विद्यार्थीले आत्मविश्वासपूर्ण तरिकाले वक्तृता प्रस्तुत गरेका छन्,’ अध्यक्ष राईले भने, ’हामीले एउटा दस्तावेज प्राप्त गर्न सकेका छौं ।’

‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौं, किरात प्रदेश निर्माणका लागि गाउँ नगर लागौं’ भन्ने नाराका साथ स्थापित किरात राई विद्यार्थी संघले विद्यार्थी हितका लागि काम गर्दै आएको विद्यार्थी संघका अध्यक्ष अर्जुन राईले बताए ।

किरात राई विद्यार्थी जिल्ला कार्य समिति सुनसरीको आयोजनामा धरानस्थित यलम्बर स्मृति सङ्ग्राहालयमा आयोजना गरिएको प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पस, ज्ञानोदय मावि, शिक्षा निकेतन मावि, धरान मोडल कलेज लगायतबाट प्रतिनिधि विद्यार्थीको उपस्थिति रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved