निराजन बस्ती हुँदै राजारानी जोड्ने सडक अलपत्र "स्नेहा श्रेष्ठ"

  • भदौ १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt -स्नेहा श्रेष्ठ

विजयपुर/ धरान वडा नम्बर १५ स्थित निराजन बस्ती हुँदै धनकुटाको राजारानी जोड्ने सडक अलपत्र बनेको छ  ।

धरानकै दुर्गम मानिएका धरान ४ को दानावारी, हर्दिया, तेलनपुर लगायतका गाउँलाई शहर सँग जोड्न २०७५ सालमा सडक उदघाटन गरिएको थियो  ।

s

दुई वर्ष भित्र १७ किलोमिटर सडक निर्माण सक्ने ठेक्का लागे पनि सडक निर्माण कार्य अहिले अलपत्र बनेको छ  ।

समयमै सडक सम्पन्न भए धरान ४ का स्थानीय उत्पादनलाई बजारीकरण गर्न शहरमा अध्ययन गर्न सहज हुने स्थानीयले विश्वास लिएका थिए  । ५ वर्ष सम्म पनि सडक निर्माण नहुँदा स्थानीयले समस्या भोग्नुपरेको छ  ।

तत्कालिन प्रदेश १ (क) तर्फका प्रदेश सांसद तथा सभामुख प्रदिप भण्डारीको पहलमा प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो  ।

भण्डारीले उक्त सडकको शिलान्यास गरेका थिए  । दुई वर्षमा सडक सम्पन्न गरिसक्ने भन्दै लुम्बिनी गजुरमुखी गैरफेन्ज कम्पनिले ठेक्का लिएको थियो  ।

पछिल्लो समय सडक निर्माण गर्न पेटि ठेक्का इन्दु तुमाम्फेले लिएका थिए  । पेटि ठेक्का लगाए पनि सडकको काम २० प्रतिशत पनि नभएको ४ का वडाअध्यक्ष धन बहादुर राईले बताए  ।

दुई वर्ष भित्र निर्माण गरिसक्ने भन्दै ठेक्का लागेको सडक ४९ करोड बजेट प्रदेशले टेन्डर लगाएको थियो  ।

३० फिटको बाटो निर्माण गरिने भनिए पनि २१ फिट पिच हुने सम्झौता भएको अध्यक्ष राईले बताए  ।

प्रदेश सरकार सँग समेत बारम्बार सडक निर्माणको काम ढिलाईको विषयमा जानकारी गराउँदा चासो नदेखाएको राईले बताए  ।

उनले भने, ‘सरकारको समेत कमजोरी देखिएको छ, ३५ प्रतिशत बिलोमा टेन्डर राखेर ठेकेदारलाई ६५ प्रतिशतमा दिएर १ सय प्रतिशतको काम गर्न लगाउने सिस्टम छ, ठेकेदारले आफुलाई नाफा राखेर काम गर्न खोज्दा कमसल मात्रामा सामान प्रयोग गरेर बनाउदा सडकको बनेको डूेनहरु समेत भत्किएको छ  ।’

मन्त्रालयबाटै टेण्डर लागेको हुनाले वडाले अनुगमन समेत गर्न नमिले पछि सडक सुस्त तरिकाले निर्माण भएको उनले बताए  ।

उनका अनुसार सडक निर्माणको लागि प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट ४ बर्ष अघि टेन्डर लगाएको थियो  ।

ठेक्का समयावधि सकिएको दुई बर्ष वितिसक्दा समेत सडकले कुनै नयाँ रुप लिन नसक्दा स्थानीयवासिहरुलाई निकै समस्या बनाएको अध्यक्ष राई बताउँछन्  ।

बाटो डोजर लगाएर त्यसै छाडिएको छ  । बर्खामा पहिरो जाने, बाटो भत्किदा दैनिक आवश्यक पर्ने खाद्यान ल्याउन समेत निकै कष्टकर हुने गरेको श्री गाउँका किशोर राई बताउँछन्  । उनले भने, ‘बाटो निर्माण शुरु हुँदा एक किसिमको खुशि ल्याएको थियो,  ।

गाउँमा उत्पादन भएका सब्जीहरु बजार सम्म पु¥याएर व्यवसाय गर्ने, उत्पादन भएको सामाग्रीहरुको बजारीकरण गर्न सकिने थियो, त्यो सपना अधुरो नै रह्यो  ।’

गाउँमा उपचारको लागि सामान्य औषधी लिन समेत धरान आउनु पर्ने हुँन्छ  । वर्षामा पहिरो जाँदा बाटो अबरुद्ध हुँदा ज्यान नै जोखिममा पर्ने गरेको छ  ।

घन्टौ लगाएर बजार पु¥याउनु पर्ने बाध्यता रहेको राईको गुनासो छ  । वडा नम्बर ४ मा प्राथमिक र निमावि सम्म मात्रै पढाइ हुने भएकाले उक्त क्षेत्रमा विद्यार्थीहरु अध्ययन गर्न धराननै आउनुपर्ने बाध्यता छ  ।

दानावारी, हर्दिया, तेलनपुर र ढाँडेका विद्यार्थीहरु मावि तहको शिक्षा लिन यातायातको साधन ओहोरदोहोर गर्न नसक्ने भए पछि सकस भएको राईले बताए  ।

सडक समयमा निर्माण हुन सके धरानको वडा नम्बर ४ लगायत मोरङ, धनकुटाका धेरै ठाउँको विकास र कृषि उत्पादन बजार सम्म ल्याउन सकिन्थ्यो  ।

बाटो निर्माण समयमा नहुँदा स्वास्थ र शिक्षा र कृषि समेत असर पुगेको हर्दियाका पदम राईले बताउँछन्  ।

सडक धरान १५ को निराजन बस्ती हुँदै धरान वडा नम्बर ५ देविगाँउ, वडा नम्बर ४ को पत्रङवारी, श्री गाउँ, दानाबारी, हर्दिया, शेर्गे, तेलनपुर, ढाडे र मोरङको ओखरे, धनकुटाको राजारानी, टाकुरे याङशिला हुदै सतिघाट जोडने उद्देश्यले निर्माण शुरु गरिएको थियो  ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved