दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु

  • भदौ १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

दुहबी / सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरिएको छ । सोमबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं २० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक पंकज हलुवाईले जानकारी दिएका छन् ।

दुहबी ६ वडा नम्बरमा ऐतिहासिक श्री कृष्ण जन्माष्टमी पूजा एवम् रथ यात्रा महोत्सव यस बर्ष ४९ औ संस्करणमा प्रवेश गरेको छ । कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समिती र पुजामेला समितिले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा पुजा समितिका सचिव चन्दन बैठाले बताए ।

कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी २ सय १ जनाको मूल समिती, १ सय १ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन् । महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ८ किलोमिटर सम्म रथ यात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढीको भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने आयोजक मूल समितिको अध्यक्ष रमेश रौनियारले बताए ।


कृष्ण जन्माष्टमी महोत्सव दुहबीमा आठ लाख देखी नौ लाख सम्म खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सवको दिन रथयात्रामा लाखौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु नपर्ने संयोजक हलुवाईले आग्रह समेत गरेका छन् ।

कृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं २०÷२१गते भजन किर्तन र प्रसाद वितरण, २१ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाईकल र्यालि र दिउँसो १ बजेदेखि श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजकले कार्यक्रम सार्वजनिक गरी बताएका छन्

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved