धरान-१५ बाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

  • असार २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लागू औषध ब्राउन सुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ साल असार १९ गते साँझ ५:५५ बजे, अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ घर भई हाल धरान–१५, विशाल चोकमा बसोबास गर्दै आएका २६ वर्षीय कोवश राई र सोही स्थानका मनोहर श्रेष्ठका छोरा २१ वर्षीय बिशन श्रेष्ठ रहेका छन्।

चेकजाँचको क्रममा उनीहरूबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने ०.४६० ग्राम (चार सय साठी मिलिग्राम) पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved