कोशी प्रदेश हक्की संघको अध्यक्षमा जीवनराज तिम्सिना निर्वाचित

  • भदौ २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मंगलबार विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष जीवनराज तिम्सिनाले कोशी प्रदेशको पहिचानका रुपमा हक्की खेलको विकास र प्रवद्र्धनमा सबैको सहयोग लिएर काम गर्ने प्रतिबद्धता जनाए ।

सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित तिम्सिनाको कार्यसमितिको उपाध्यक्षमा पारस थापा र प्रवेश तावा लिम्बू चयन भएका छन् ।

सचिवमा प्रमिला {एरिका} ढकाल र कोषाध्यक्षमा प्रह्लाद थापा मगर चयन भएका छन् ।

सदस्यहरुमा विद्याकुमार पोखरेल, सेधराज सिग्देल, देवेन्द्रराज पोखरेल, बुनु ढुंगेल, नेत्र तामाङ, विनोद संग्रौला र धिरज अधिकारी चयन भएका छन्

सल्लाहकारहरुमा नेपाल उद्योग वाणिज्य महासंघ {एफएनसीसीआई}कोशी प्रदेश अध्यक्ष एवं वरिष्ठ उद्योगी राजेन्द्र राउत, नेपाल टेर्‍ड यूनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइराला, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता र नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेलाई चयन गरिएको छ ।

अधिवेशनमा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगत, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, नेपाल हक्की संघ मोरङका अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि प्रकाश दाहालको आतिथ्यता रहेको थियो।

मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालित अन्तर्राष्ट्रिय कम्पनी आरती स्ट्रिप्स लिमिटेडका उच्च पदस्थ कर्मचारी तिम्सिनाले आफ्नो अध्यक्षता कोशी प्रदेशमा हक्की खेलको गौरवपूर्ण पुनरागमनका लागि भएको बताए ।

कोशी प्रदेशमा हक्की खेलको साख फर्काउने र पुरानै अवस्थामा पहिचान दिलाउने नेपाल हक्की संघ कोशी प्रदेशका नवनिर्वाचित तिम्सिनाले बताएका छन् ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved