बैंक ब्याजदरले उद्योग व्यवसाय प्रभावित

  • भदौ २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / नेपाल राष्ट्र बैंकको नीतिका कारण उत्पन्न भएको बैंक ब्याजदर लगायतका समस्याले मुलुकको उद्योग व्यवसाय क्षेत्र सवैभन्दा धेरै पीडित बन्नु परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

चर्को लोडसेडिङ, भारतको नाकाबन्दी लगायतका राजनीतिक अस्थिरताले थलिएर केहि अघि बढेको निजी क्षेत्र कोभिड–१९ को महामारी, रुस र युक्रेन युद्धबाट झन प्रभावित बनेको उनीहरुको भनाई छ ।

मंगलबार विराटनगरमा अन्तर्राष्ट्रिय वित्त नियोगको आयोजनामा प्रदेश तहका निजी क्षेत्रसँग आयोजित राउण्ड टेबल कार्यक्रममा संकटका कारण अहिले ६० प्रतिशत हाराहारीमा मात्रै उद्योगधन्दाहरु संचालनमा रहेको उनीहरुले दाबी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंकको व्याजदर लगायतका थप समस्याले निजी क्षेत्र नै संकटमा पुगेको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गुनासो गरे । उद्योगधन्दा बन्द हुने क्रममा रहेका कारण सरकारको राजश्व असुली समेत प्रभावित भएको अध्यक्ष राउतले दाबी गरेका छन् ।

उनले भने, ‘नेपालमा औद्योगिकीकरणको आधुनिक इतिहाँस विराटनगरबाट सुुरु भएको मानिन्छ, त्यसको प्रस्थानविन्दु विराटनगर जुट मिलको स्थापना नै हो, त्यसपछि खुलेका उद्योगधन्दाले विराटनगर र आसपासका क्षेत्रको आयस्तर बृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याएको छ, तर पछिल्लो पटक उद्योगी व्यवसायीको क्षेत्रले राष्ट्र बैंकको नीतिका कारण ठुलो समस्या खेप्नु परेको छ ।’

उनले कोशी प्रदेशमा जुट, धान, मकै, फलफुल, तरकारी लगायतका कृषि उत्पादनको प्रशोधन मार्फत उद्योगलाई कृषिसँग आवद्धता भइरहेको बताए । उद्योगले औधोगिक क्षेत्रकै कारण मुलुकको कृषि उत्पादन बृद्धि गर्न समेत योगदान गरिरहेको बताए । जसका कारण मोरङ–सुनसरी औधोगिक करिडोर क्षेत्रले कोशी प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान गरिरहेको बताए ।

कोशी प्रदेशको औद्योगिक करिडोरमा हाल करीव ५ सय ५० वटा ठूला तथा मझौता उद्योगहरु संचालनमा रहेका छन् । यस क्षेत्रमा विशेष गरी जूट, सावुन, चाउचाउ, प्लाष्टिकका सामान, कपडा, गार्मेन्ट, जुत्ता चप्पल, सिमेन्ट, छड, कालो पाइप, इलेक्ट्रीक क्वाइल, टिना, उच्च कोटीदेखि न्यून कोटीका मदिरा, राइसमिल, तेल मिल, फिड उद्योग लगायत धेरै वस्तु उत्पादन भइरहेको छ ।

केही उद्योगहरुले आफ्ना उत्पादनलाई विदेशमा समेत निर्यात गर्न थालेको अवस्थामा बैंकहरुका कारण ठुलो समस्या झेल्नु परेको गुनासो गरेका हुन् । जसका कारण सिमेन्ट, छड जस्ता उद्योगहरु प्रतिस्पर्धा गर्न नसकेर धमाधम बन्द हुन थालेको अध्यक्ष राउतले बताए । उनले कोशी प्रदेशमा लगानीको प्रसस्त संभावना बोकेको क्षेत्र भएपनि अहिलेको परिस्थितिले गर्दा लगानी थपिनै नसक्ने वातावरण बनेको बताए ।

औधोगिक क्षेत्रलाई अघि बढाउन प्रतिस्पर्धी क्षमता विकास, बजारीकरण, तहगत सरकारको राजस्व नीति तथा प्रशासन, लगानीको वातावरण, उर्जाको सहज आपूर्ति, निर्यात व्यापार विरोधी अर्थतन्त्र, पूर्वाधा विकास र भारतसँगको खुला सीमाको समस्या प्रमुख समस्या रहेको महासंघले जनाएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त नियोगका नेपाल कार्यालय प्रमुख बाबाकोर एस फेइले नियोग सँधैभरी निजी क्षेत्रसँगको सहकार्य प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

सरकारले सार्वजनिक गरेको आर्थिक गणना २०७५ अनुसार कोशी प्रदेशमा एक लाख ६८ हजार ५ सय १८ वटा उद्योग व्यवसाय हाल सञ्चालनमा रहेकोमा मोरङ र सुनसरीमा मात्रै ६६ हजार ७ सय ८३ वटा उद्योग सञ्चालित छन् । जहाँबाट ८८ हजार बढि मानिसले प्रत्यक्ष अप्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरेको जनाइएको छ ।

प्रतिस्पर्धा गर्न नसकेर धमाधम बन्द हुन थालेको अध्यक्ष राउतले बताए । उनले कोशी प्रदेशमा लगानीको प्रसस्त संभावना बोकेको क्षेत्र भएपनि अहिलेको परिस्थितिले गर्दा लगानी थपिनै नसक्ने वातावरण बनेको बताए ।

औधोगिक क्षेत्रलाई अघि बढाउन प्रतिस्पर्धी क्षमता विकास, बजारीकरण, तहगत सरकारको राजस्व नीति तथा प्रशासन, लगानीको वातावरण, उर्जाको सहज आपूर्ति, निर्यात व्यापार विरोधी अर्थतन्त्र, पूर्वाधा विकास र भारतसँगको खुला सीमाको समस्या प्रमुख समस्या रहेको महासंघले जनाएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त नियोगका नेपाल कार्यालय प्रमुख बाबाकोर एस फेइले नियोग सँधैभरी निजी क्षेत्रसँगको सहकार्य प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

सरकारले सार्वजनिक गरेको आर्थिक गणना २०७५ अनुसार कोशी प्रदेशमा एक लाख ६८ हजार ५ सय १८ वटा उद्योग व्यवसाय हाल सञ्चालनमा रहेकोमा मोरङ र सुनसरीमा मात्रै ६६ हजार ७ सय ८३ वटा उद्योग सञ्चालित छन् । जहाँबाट ८८ हजार बढि मानिसले प्रत्यक्ष अप्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरेको जनाइएको छ ।

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved