लाखे प्रतियोगितामा रामधुनी नेवाः देय दबु प्रथम " स्नेहा श्रेष्ठ "

  • भदौ २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

विजयपुर / नेवाः देय दबुले वर्षेनी आयोजना गर्दै आएको लाखे नाच प्रतियोगिता धरानमा सोमबार सम्पन्न भएको छ । धरानको भानु चोकमा भएको लाखे नृत्य प्रतियोगितामा झुम्काको रामधुनी नेवाः देय दवुको लाखे नाँच प्रथम भएको छ ।

त्यसै गरि मधुवन नेवाः देय दवु मधुवन दोस्रो भएको छ भने धरान ३ को झिगु लाखे तेस्रो र नेवाः देय दवु इटहरी वालग्राम चौथो भएको छ । प्रथम, दोस्रो, तेस्रो र चौथोलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियोे । प्रतियोगितामा झुम्का, मधुवन, धरान लगायत बराहक्षेत्र, चक्रघटिका १६ वडा लाखे समुह सहभागि भएका थिए ।

lakhe-22-pp

 

प्रतियोगिता कार्यक्रममा नेवारी समुदाय र गैरनेवारहरु उपस्थिति रहेको थियो । लाखे प्रतियोगितामा धरान बाहिरबाट ६ वटा र धरान भरिबाट १० लाखे समुह गरि १६ वडा लाखे समुहले नृत्य प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा नेवारहरुको रितिरिवाज अनुसारको विभिन्न नृत्य समेत प्रस्तुती गरिएको थियो ।

कार्यक्रम प्रमुख अथिति धरान नगर प्रमुख हर्क साम्पाङ राई, बिषेश अथिति उप प्रमुख आईन्द्र विक्रम वेघा, प्रदेश सांसद यसोदा कायस्थ, नेवाः दवुका सल्लाहकार सरला कायस्थ, नेवाः दवुका नगर अध्यक्ष मनोहर शाक्य लगायतको उपस्थिति रहेको थियो । सामाजिक क्षेत्रमा योगदान पुर्याउने सरला कायस्थ र नेवार समुदायका अग्रज १ सय ३ बर्ष पुगेका ज्येष्ठ नागरिक तिर्थबाहादुर श्रेष्ठलाई सम्मान गरिएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved