धरान मेघा रेवाहाङ बास्केटवलमा धरान आर्दश, वाल संसार धनकुटा र होलिल्याण्ड विजयी

  • भदौ २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt -विकास चाम्लिङ राई,

धरान /मेघा हिमालयन कलेजको आयोजनामा दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिता सोमवार देखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा धरान आर्दश कलेज विजयी भएका छन । आर्दशले कामे्रेल स्कुललाई ३४–१९ अंकले पराजित गरेको हो ।

सोहि दिन भएको खेलमा बाल संसार सेकेन्डरि धनकुटाले युनाइटेड स्कुललाई ४९–६ र होलिल्याण्ड स्कुलले धरान मेघा वि टिमलाई ३७–१४ अंकले पराजित गरेको छ ।

उद्घाटन खेलको प्रत्येक क्वाटरमा धरान आर्दश र कामे्रल स्कुलले ६–४, ५–४, ८–३ र १५–८ अंक जोडेका थिए । सोहि दिन भएको दोस्रो खेलमा वाल संसार धनकुटा र युनाइटेड गोर्खाले ११–२, १५–०, १२–० र १०–४ र तेस्रो खेलमा होलिल्याण्ड स्कुल र धरान मेघा स्कुलले १०–४, ७–६, १४–२ र ६–२ अंक जोडे ।

उद्धघाटन खेलमा धरान आर्दशका सरिन थापा मगरले व्यक्तिगत १४, दोस्रो खेलमा वाल संसारका प्रेदित मगरातिले १२ र होलिल्याण्ड स्कुललका करुण तामाङले १२ अंक जोडेका छन ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राईले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए ।

प्रतियोगिता उदयमान बास्केटवल खेलाडि रहेको दिवंगत रेवाहाङ राईको स्मृतिमा उनको परिवार, धरान मेघा कलेज र धरान बास्केटवल संघको सहकार्यमा आयोजना भएको हो । रेवाहाङको २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो ।

उनको संझनामा उनको परिवारले दुई लाख रुपैयाको अक्षय कोषको स्थापना गरि गत साल देखि धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता सुरु गरिएको थियो । कार्यक्रमको उद्धघाटन अघि एक मिनट मौनधारण गरि अतिथि महानुभावहरुले रेवाहाङको तस्विरमा माल्यापर्ण गरि श्रद्धान्जली  दिएका थिए ।

धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा संपन्न कार्यक्रममा संघिय सांसद माननिय शुसिला श्रेष्ठ, कोशि प्रदेश माननिय विजयकुमार राई, माननिय रमेश वस्नेत, धरान उपमहानगरपालिका उपमेयर अइन्द्र वेघा, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष मनोज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन धरान बास्केटवल संघ र प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको छ ।

भोलि मंगलवारको खेल हिमशिखर तरहरा र प्रभात स्कुल, आयोजक धरान मेघा र डिपो स्कुल, विष्णु मेमोरियल र धरान उच्च वि टिम, सियोन स्कुल र आर्दश कलेज विर्तामोड, युएन नवोदय र धरान उच्च ए टिम विच प्रतिश्पर्धा हुनेछ ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved