किरातेश्वर माविको ५० औं स्वर्ण महोत्सव

  • भदौ २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ किरातेश्वर माविको ५० औं स्वर्ण महोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।साे अवसरमा शिला अभिलेखपत्रको अनावरणका क्रममा धरानलाई शैक्षिक केन्द्र विन्दु बनाउने पहिलो प्राथमिकतामा रखेको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राईले बताएका छन् ।

उनले भने–‘मैले यही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेको हु, यस क्षेत्रको शैक्षिक गुणस्तरमा मैले पहिलादेखि नै सोच्दै आएको हु, म अहिले सोही क्षेत्र हेर्ने मन्त्री भएको छु, यस क्षेत्रको शैक्षिक गुणस्तरलाई सुधार गरेर शैक्षिक केन्द्रविन्दु बनाउने मेरो पहिलो प्राथमिकतामा राखेको छु ।’

उनले धरानलाई नेपालकै तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गतिविधि हुने आकर्षकको केन्द विन्दु बनाउने कुरामा म प्रयासरत रहेको बताउदै यसमा आफू सफल हुनेमा पनि विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक योगेन्द्र पालुङ्वाले किरातेश्वर विद्यालयको शैक्षिक गुणस्तरमा दिनप्रतिदिन सुधार हुदै गएको बताएका छन् ।

उनले सामुहिक प्रयासले यो विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको बताउदै यो बर्षदेखि धरानको सामुदायिक विद्यालय कानुन शंकायमा ११ कक्षा सञ्चालन गरिएको बताए ।

सो कार्यक्रमको अध्यक्षता विधालयका ब्यवस्थापन समितिहा अध्यक्ष देउमान ताप्मादेन ले गरेका थिए ।

कर्यक्रममा समानुपातिक सांसद सुशीला श्रेष्ठ, ,धरान उपमहानगर पालिकाका उपमेयर अइन्द्रबिक्रम बेघा, धरान १९ का वडाध्यक्ष पूर्ण बहादुर लिम्बु , धरान उपमानगरपालिककाका शिक्षा विभाग प्रमुख रमेश कुमार साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति मन्त्री राइले विधालयलाई सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरेका थिए ।

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

तस्कर र सशस्त्र प्रह ...

जनकपुरधाम/धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा ...

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved